मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

कम्युनिस्ट पार्टी एकताका लागि घनश्यामको आह्वान

ललितपुर । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले र माओवादीलाई कम्युनिस्ट एकताको लागि आह्वान गर्नु भएको छ ।

भदौ २३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले आफूहरूको नालायकीको पराकाष्ठालाई छर्लङ्ग पारेको भन्दै उहाँले एकताको प्रस्ताव अघि सार्नु भएको हो ।

उहाँले भन्नु भएको छ- ‘हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिबिजोग कहिल्यै हुने छैन । अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण सङ्कटका सामु उभिएका छौँ । यस अवस्थामा, म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकाङ्क्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन आह्वान गर्दछु ।’

उहाँले एमाले र माओवादीको विचार एउटै भएपनि नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै विभाजित गरेको उल्लेख गर्नु भएको छ ।

Author

Related News