मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

प्रजातान्त्रिक नेपाल भएपछि मानव विकास सूचकाङ्कमा ५४ प्रतिशतले वृद्धि

ललितपुर । यो वर्ष नेपालको मानव विकास सूचकाङ्क (एचडीआई) मा सामान्य सुधार भएको छ ।

गत वर्ष नेपालको एचडीआई ०.६०५ रहेकोमा यस वर्ष ०.६२२ पुगेको हो ।

नेपाल यसअघिदेखि नै मध्यम स्तरको मानव विकासको अवस्थामा रहँदै आएको छ ।

सन् २०१५ को तुलनामा भने नेपालले मानव विकास सूचकाङ्कमा ५ स्थान सुधार गरेको छ ।

पछिल्लो ३५ वर्षमा नेपालको मानव विकास सूचकाङ्कमा ५४ प्रतिशतको वृद्धि भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछिको सकारात्मक परिवर्तनका रुपमा मानव विकास सूचकाङ्कको तथ्याङ्कले प्रष्ट्याएको छ ।

नेपालको मानव विकास सूचकाङ्क खराब हुनुमा प्रतिव्यक्ति आय कमजोर हुनु र लैङ्गिक असमानता कायम रहनुलाई पनि प्रमुख कारण मानिएको छ ।

दक्षिण एसियामा श्रीलङ्का सबैभन्दा माथि ८९ स्थानमा छ भने माल्दिभ्स ९३औं स्थानमा छ ।

भुटान १२५ औं, भारत र बङ्गलादेश समान १३० औं स्थानमा, नेपाल १४५ औं स्थानमा छन् । पाकिस्तान सबैभन्दा तल १६८ औं स्थानमा छ ।

मानव विकास सूचकाङ्कको सूची हेर्न यहाँ क्लिक गर्नु होला

Author

Related News