मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

राजनीतिक स्थिरताका लागि आम निर्वाचन अपरिहार्य

काठमाडौं जेन–जी आन्दोलनपछिको राजनीतिक अन्योलता समाधानका लागि आम निर्वाचन नै प्रमुख उपाय भएको बताउँदै १० मानव अधिकारवादी संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

जबाफदेहिता निगरानी समिति, एम्नेस्टी इन्टरनेशनल नेपाल, एड्भोकेसी फोरम–नेपाल, जूरी नेपाल, डिजिटल राइट्स नेपाल, सञ्चारिका समूह, इक्विटी सोसाइटी नेपाल, नेपाल मानव अधिकार सङ्गठन, कानुनी सहायता परामर्श केन्द्र (ल्याक) र नेपाल भोटर्स’ राइट्स फोरम सम्मिलित संस्थाहरूले २०८२ असोज ८ गते सार्वजनिक गरेको १० बुँदे सुझावमा राजनीतिक स्थिरता र जनआस्था पुनःस्थापनाका लागि सबैभन्दा प्रभावकारी बाटो आम निर्वाचन भएको उल्लेख गरिएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ-‘सरकारको सम्पूर्ण ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित हुनुपर्छ र सम्पूर्ण सरोकारवालाको ध्यान पनि त्यतै आकर्षित गरिनु पर्दछ। शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि आवश्यक राजनीतिक तथा सामाजिक सद्भाव र शान्ति-सुरक्षाको वातावरण निर्माण गर्न कुनै कसर बाँकी राखिनु हुँदैन।’

संविधानको मर्म विपरीत जान सक्ने हतारोका सुधार प्रयासहरूबाट टाढा रहनु पर्ने र आवश्यक सुधारहरूलाई सुविचारित र समावेशी प्रक्रियाबाट अघि बढाउनु पर्ने भन्दै संस्थाहरूले सचेत गराएका छन् ।

संस्थाहरूका अनुसार, आम निर्वाचनमार्फत मात्रै जनतालाई एकताबद्ध गर्ने, आत्मविश्वास र आशा पुनर्स्थापित गर्ने, तथा संवैधानिक प्रक्रिया पुनः ट्र्याकमा फर्काउने सम्भावना छ ।

Author

Related News