ललितपुर । जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने सङ्ख्या ३४ पुगेको छ ।
भदौ २३ गते सोमबार शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि भदौ २४ गते मङ्गलबारको आन्दोलन भड्किएको थियो ।
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार प्रदर्शनमा ३४ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
मन्त्रालयले निजामती कर्मचारी (सिभिल)अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना र काठमाडौँ मेडिकल कलेजमा दुई जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, वयोधा अस्पतालमा दुई जना, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, झापाको बीएनसी र बिर्तासिटी अस्पतालमा एक-एकजना, बाँकेको भेरी अस्पतालमा पाँच जनाको मृत्यु भएको जनाएको छ ।