पोखरा । “योग ध्यान तपस्याले मन हुन्छ चङ्गा झै, कलकल बग्ने सेती नदी कञ्चनजङ्घा झै, बुवा आमा दिदी बैनी अनि हाम्रा दाजुभाइ यो जुम्वामा स्वागत छ है हजुरहरूलाई” सामाजिक अभियान्ता गीता पौडेलले स्वास्थ्य र सामाजिक मौलिकता झल्कने स्वामी राजै भाग-२ तिज गीत सार्वजनिक गर्नु भएको छ ।
“सधैँभरी चम्किरहे आकाशको तारा हो, स्वस्थ रहौँ- मस्त रहौँ” भन्ने नारासहित गीता जुम्बा क्लास पोखरा एवम् नेपाल गृह श्रमिक सङ्घ कास्कीले २०८२ सालको महिलाहरूको हरितालिका तिजको अवसर पारेर स्वास्थ सन्देश मुलक बोलको तिज गीत बजारमा ल्याउनु भएको छ ।
नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तिज नजिकिँदै आउँदा तिज गीतको सङ्ख्या पनि बढ्दै गएको छ।
दिनहुँ जसो नयाँ नयाँ तिजका गीत र भिडियो सार्वजनिक भएका छन्। पुराना देखि नयाँ गायक गायिकाले समेत यसपालिको तिजमा आफ्ना प्रस्तुतिलाई दर्शक श्रोता माझ ल्याउने क्रम जारी छ ।
गीता जुम्वा क्लास पोखराका अध्यक्ष गीता पौडेलको निर्देशन लय, शब्द र स्वरमा सजिएको तिज गीत मार्फत स्वास्थ सचेतना फैलाउने उद्देश्य यस वर्षको नयाँ तिज गीत सार्वजनिक भएको हो ।
गीतमा माया केसी, अम्बिका ढकाल र विना दवाडी “सुजाता”को स्वर रहेको छ भने शब्द सङ्कलन गीता पौडेल, कुलचन्द्र पोख्रेल (केपी शर्मा) र चन्द्रावती वाग्लेको रहेको छ ।
गत वर्ष स्वामी राजै भाग-१ एल्बम रेकर्ड गराइ चर्चामा आउनु भएकी पौडेलले मौलिक भाकाका गीतहरू सिर्जना गर्दै आफ्नो कर्मलाई सामाजिक धारतिर ढालदै निरन्तरता दिँदै आउनु भएको छ ।
महिलालाई स्वतन्त्रतासँगै हक र अधिकार प्राप्तिका लागि यो गीतले थप प्रेरणा प्रदान गर्ने पौडेलको भनाइ रहेको छ ।
तिज महिलाहरूको पर्व भएकाले तिजका गीतमा महिलाका कथा नै हुनुपर्छ र गीत समय र परिवेश सगै परिस्कृत गरेरै लैजानु पर्छ कि यसले आधुनिक शैलीका गीतले मौलिकता झल्किने खालका गीतहरूलाई आज मुख्य चुनौती बनेको छ ।
गीतमा मौलिकता हुन पर्नेमा पछिल्लो समय तिजका गीतमा विकृतिसँग आधुनिकता हावी हुँदा यसको मौलिकतामाथी थप चुनौती दिने हो कि भन्नेमा गायिका पौडेललाई चिन्ता लागेको छ ।
गीतमार्फत स्वास्थ अभियानमा जुटन र अन्याय र भ्रष्टाचारविरूद्व सशक्त आवाज बुलन्द गर्दै महिलालाई अधिकारको लागि एकजुट हुन आह्वान गरिएको छ ।
तिजका गीत महिलाका सुख, दुःख, बेदना र सामाजिक चेतना बोल्ने सशक्त माध्यम हुन्, तर आजभोलि बजारमा आउने अधिकांश गीत महिलाको अस्मितामाथि धावा बोल्दै प्रस्तुतिकरण गर्न खोजेको जस्तो देखिन्छ ।
वि.सं २०२९ साउन १८ गते स्याङ्जा जिल्लाको हेलुमा बुबा नारायण र आमा विष्णु पङ्गेनीको कोखबाट जन्मनु भएकी गीता पौडेलका श्रीमान र दुई छोराछोरी छन् ।
पौडेलका अनुसार गीत मनोरञ्जनका लागि मात्र नभई, समाजलाई झक्झक्याउने र सकारात्मक सन्देश दिने प्रमुख माध्यम पनि हो ।
भिडियो पक्षमा पनि यस गीतले सशक्त प्रस्तुति दिएको छ । मिक्सिङ तथा मास्टरिङले गीतलाई प्राविधिक रूपमा उच्च स्तरमा पुर्याएको पौडेलको भनाइ छ ।
सङ्गीत संयोजन एवम् भिडियोको निर्माण बासुरी रेकडिङ् स्टुडियोका गणेश सुवेदी र A4z छापाखानाका सपना तिवारी र एरेन्ज दिवस थापामगरले गर्नु भएको छ ।

केही दिन अगाडि बासुरी रेकडिङ् डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको स्वास्थ्यसँग सम्बन्धित यो गीत सन्देशमुलक छ ।
गीता जुम्वा क्लासलाई यहाँसम्म ल्याउनुहुन र तिज गीत प्रस्तुत गर्नका लागि महत्त्वपूर्ण सहयोग गर्नुहुने गण्डकी प्रदेशका मुख्य सचिव डा. खगेन्द्रप्रसाद सुवेदी, कार्यक्रम संयोजक अम्बिका ढकाल, संस्था सचिव विद्या पराजुली, सामाजिक अभियन्ता तथा अधिकारकर्मी मधु पन्थी, स्थानीय कलाकार, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिककर्मी, बौद्धिक व्यक्तित्वहरूको साथ सहयोग र प्रोत्साहन एवम् गीता जुम्बा क्लास परिवार, नेपाल गृह श्रमिक सङ्घ परिवार लगायत आर्थिक, भौतिक, नैतिक रूपमा सहयोह गर्नु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै स्थानीय स्रोतबाट सिर्जना भएको उक्त गीतले सम्पूर्णको मन जित्नेमा आशावादी रहेको पौडेलले बताउनु भयो ।