मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर

ललितपुर । गाजामा चलिरहेको युद्धका कारण बाल कुपोषणको दर बढेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनीसेफ) ले जनाएको छ ।

यूनीसेफका अनुसार, मे महिनामा उपचारका लागि भर्ना भएका पाँच वर्ष उमेर समूहका पाँच हजार एक सयभन्दा बढी बालबालिकामा अप्रिलको तुलनामा झन्डै ५० प्रतिशतले कुपोषणको अवस्था देखिएको छ । फेब्रुअरीको तुलनामा यो एक सय ५० प्रतिशतले बढेको हो ।

सन् २०२५ को पहिलो पाँच महिनामा मात्रै गाजामा १६ हजार सात सयभन्दा बढी बालबालिका, अर्थात् हरेक दिन औसत एक सय १२ जना, कुपोषणको उपचारका लागि भर्ना भएका छन् ।

यूनीसेफले यी सबै घटनाहरू रोक्न सकिने भए पनि, आवश्यक पोषण, पानी र स्वास्थ्य सेवा उनीहरूलाई सहज रूपमा उपलब्ध गराउन कठिनाइ भइरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले इजरायललाई तत्काल सीमा पार गरेर जीवनरक्षक सहायता वितरण गर्न अनुमति दिन आग्रह गरेको छ ।

मानवीय सहायता साझेदारहरूले दिएको जानकारी अनुसार, विस्थापनका कारण नागरिकहरू भीडभाड भएका ठाउँमा जान बाध्य भएका छन् । तर त्यहाँ आवश्यक सेवाहरू उपलब्ध छैनन् । 

Author

Related News