मधु पन्थी, पोखरा ।
गण्डकी प्रदेशसभामा अर्थमन्त्री डा. टकराज गुरुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रूपैयाँको बजेट २०८२ असार १ सार्वजनिक गर्नु भयो ।
अर्थमन्त्री गुरुङले बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ (३९.५ प्रतिशत) र पूँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ (५९.७ प्रतिशत) छुट्याइएको बताउनु भयो ।
त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड ७८ लाख रुपैयाँ (०.८ प्रतिशत) छुट्टाइएको छ भने बजेटमा प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासमा केन्द्रित रहेको उल्लेख गर्नु भयो ।
मन्त्री गुरूङले विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको बताउनु भयो ।
गण्डकी प्रदेशका मन्त्रालयगत बजेट बाँडफाँड
कृषि–२ अर्ब ८ करोड
उद्योग तथा पर्यटन–८४ करोड २१ लाख
वन तथा वातावरण–१ अर्ब ६ करोड
सामाजिक विकास–२ अर्ब ३९ करोड
स्वास्थ्य–३ अर्ब ३२ करोड
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था–११ अर्ब ९८ करोड
उर्जा, जलस्रोत तथा खानेपानी–३ अर्ब ८८ करोड