पोखरा । नेपाल गृह श्रमिक सङ्घ कास्की, गीता जुम्बा क्लास, पोखराको समन्वय तथा इम्पावर हेल्थ केयर, पोखरा-८ को आयोजनामा उच्च रक्तचाप, सुगर रोग र मोटोपन सम्बन्धी नि:शुल्क स्वास्थ्य जाँच तथा जनचेतनामूलक कार्यक्रम २०८२ साउन ८ गते सम्पन्न भएको छ ।
नेपाल गृह श्रमिक सङ्घ एवम् गीता जुम्बा क्लास, पोखराका अध्यक्ष गीता पौडेलले स्वास्थ जीवन एवम् समुदायमा रहेका दिदीबहिनीहरूलाइ समेटेर सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जुम्बा क्लासमार्फत सामाजिक कार्य गर्दै आएको बताउनु भयो ।
नेपाली कांग्रेस महासमिति सदस्य एवम् जनप्रिय बहुमूखी क्याम्पस पोखरा का अध्यक्ष विरेन्द्रनारायण विजुक्छेले योग, ध्यान, साधना र आहारबिहारप्रति जबसम्म ध्यानदिन सकिँदैन तबसम्म मानसिक तनावग्र भोगिरहनु पर्ने बताउनु भयो ।
विजुक्छेले नैतिक शिक्षासँग आचारण र अनुशासनमा बस्यो भने आधा उपचार आफैँबाट सम्भव हुनेमा जोड दिँदै गीता जुम्बा क्लासले गरेको सामाजिक कार्य प्रशंसनीय रहेको बताउनु भयो ।

कार्यक्रममा सृजना विकास केन्द्रका पूर्व अध्यक्ष विश्व बिजुक्छे, जिल्ला प्रशासन कार्यालय कास्कीकी अधिकृत शारदा सुवेदी बस्ताकोटी, इम्पावर हेल्थ केयरका डा.पुरुषोत्तम पराजुली र कार्यक्रम संयोजक विद्या पराजुलीलगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा १ सय २५ जना महिला र २६ जना पुरूष गरी १ सय ५१ जना लाभान्वित भएको अध्यक्ष गीता पौडेलले जानकारी दिनु भयो ।