रुद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुली जिल्लामा मोतिविन्दुबाट पीडित बिरामीहरूले आँखाको निःशुल्क शल्यक्रिया गराएका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुली तथा सामुदायिक सर्जिकल सेन्टर सिन्धुलीको आयोजनामा, रुइत फाउण्डेशन र जानकी अस्पताल जनकपुरको सहयोगमा २०८२ माघ १० गते ८० जना बिरामीको निःशुल्क आँखा शल्यक्रिया सम्पन्न गरिएको हो ।
नेत्ररोग विशेषज्ञ डा. आशिष बोहराको नेतृत्वमा आएको प्राविधिक टोलीको सहभागितामा बिरामीहरूको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले शल्यक्रिया कार्यमा संलग्न नेत्ररोग विशेषज्ञ डा. आशिष बोहरा नेतृत्वको प्राविधिक टोली, स्वयम्सेवक तथा सम्पूर्ण कर्मचारीप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।