मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पूर्वसभामुख महरा पक्राउ

काठमाडौँ । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई काठमाडौंबाट पक्राउ गरिएको जनाएको छ ।

महरालाई भन्सार ऐन, २०६४ तथा सङ्गठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।

महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत बयान लिएको थियो ।

Author

Related News