मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

लोकगायिका इन्दिरा गोलेको निधन

ललितपुर । कोञ्ज्योसोम गाउँपालिका-५ मा जन्मनुभएकी चर्चित लोकगायिका इन्दिरा गोले (गुरुङ)को निधन भएको छ ।

क्यान्सर रोगसँग लामो समय सङ्घर्ष गर्दै आउनुभएकी गोलेको मृत्यु २०८२ भदौ १७ गते भएको हो ।

३५ वर्षदेखि नेपाली ठेट गीत, तामाङ सेलो, लोकदोहोरी र आधुनिक गीतमा निरन्तर सक्रिय रहनुभएकी उहाँले ५ हजारभन्दा बढी गीतमा स्वर दिनुभएको थियो ।

उहाँका चाँगुनारायण थान, जाइफूलको वासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेला लगायतका गीतहरू श्रोतामाझ विशेष चर्चित छन् ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो मधुर स्वरले हजारौँ श्रोतालाई मोहित पार्नुभएकी गोलेको निधनले नेपाली सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

कोञ्ज्योसोममा साहित्यिक कार्यक्रम सम्पन्न

सङ्गीत क्षेत्रकी धरोहर मानिने उहाँप्रति परिवार, शुभेच्छुक तथा सङ्गीतप्रेमीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कोञ्ज्योसोम प्रज्ञा प्रतिष्ठानको आयोजनामा २०८२ जेठ २ गते कोञ्ज्योसोममा जन्मेर राष्ट्रियस्तरमा ख्याति कमाउनुभएकी लोक तथा दोहोरी गायिका इन्दिरा गोले गुरुङलाई १ लाख रुपियाँ नगदराशीसहित जीवनपर्यन्त सार्थक सम्मानले सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनु भयो ।

Author

Related News