नेपालगञ्ज । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै २३ दिनदेखि अनसनरत अधिकारकर्मी रुवी खानले २०८३ जेठ ६ गते अनसन तोड्नुभएको छ ।
रुबी खान र सरकारका प्रतिनिधिबिच पाँच बुँदे सहमति भएपछि उहाँले अनसन तोड्नुभएको हो ।
खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाउनुभएको हो ।
बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनसनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो ।
उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्ले र दाहाल सहभागी हुनुहुन्थ्यो ।
