मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

निर्वाचन आयोमा दर्ता भएका पाँच वाम दल खारेज

काठमाडौं ।  कात्तिक १९ गते वाम राजनीतिक ध्रुवीकरणको ऐतिहासिक मोडका रूपमा सात वामपन्थी दल एकीकृत भई गठन गरिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले आधिकारिक मान्यता प्रदान गरेको छ ।

आयोगले नयाँ दललाई दर्ता प्रमाणपत्र जारी गरेलगत्तै एकतामा विलय भएका सबै दल खारेज भएका छन् ।

आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार एकीकृत दल घोषणा गर्ने दिनमै दर्ताका लागि निवेदन दिएको नेकपाले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै प्रमाणपत्र पाइसकेको हो ।

यससँगै नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी)  र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामक दल औपचारिक रूपमा खारेज भएका छन् ।

वाम राजनीति अन्तहीन विभाजन र पुनःसङ्गठनका प्रसङ्गले भरिएको बेला निर्वाचन आयोगमा दर्ता भएका पाँच दलसहित १२ दलको एकता र आयोगको मान्यतापछिको नयाँ संरचनाले मुलुकको वाम राजनीतिक समिकरणमा महत्वपूर्ण मोड ल्याएको विश्लेषण गरिन्छ ।

Author

Related News