मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु, दुई जना घाइते

घोराही । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा भएको झडपमा पाँच जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

सुरक्षा स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् ।

गएराति सुधारगृहभित्र कैदी युवाहरू भाग्ने प्रयास गर्दा प्रहरीको रोकथामसँगै झडप भएको थियो । घाइतेलाई तत्काल भेरी अस्पताल, नेपालगञ्ज ल्याइएको थियो ।

उपचारकै क्रममा पाँच जनाको मृत्यु भएको र दुई जनाको अवस्था गम्भीर रहेकाले उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ ।

देशभर चर्किएको जेनजी आन्दोलनको प्रभाव नौबस्ता सुधारगृहमा समेत देखिएको बताइएको छ । भाग्ने प्रयासमा संलग्न केही युवा फरार भएका छन् भने केही अझै सुधारगृहमै रहेका छन् ।

यसैबिच डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् । विभिन्न मुद्दामा सुधार गृहमा रहेका ५३ जनामध्ये मङ्गलवार राति ५२ जना भागेका सुधार गृहका प्रमुख सानुमाया लिम्बुले जानकारी दिनु भयो ।

उहाँका अनुसार एक जना भने भागेनन् । उहाँलाई घरका मान्छेले नभाग्नु भनेको हुँदा नभागेको लिम्बुले बताउनु भयो ।

Author

Related News