मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

जिम्मेवारी बहन नगरेको आरोपमा अर्थसचिव पाण्डे ‘जगेडा’मा

मधु पन्थी, पोखरा

गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेलाई बजेटमा मनोमानी गरेको आरोपसँगै जिम्मेवारीबाट हटाइएको छ।

असार १६ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिव पाण्डेलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीबाट हटाउँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘जगेडा’मा राख्ने निर्णय गरेको हो।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले सचिव पाण्डेलाई तत्कालका लागि कुनै नयाँ जिम्मेवारी नदिएको जानकारी दिनुभयो।

सचिव पाण्डेले तनहुँको भानु नगरपालिका चितीपानीमा मात्रै विभिन्न मन्त्रालयहरुमार्फत १० करोड ५० लाख रुपियाँ बराबरका योजना केन्द्रित गर्नु भएको आरोप छ ।

त्यसैगरी, आगामी आर्थिक वर्षका लागि भानु नगरपालिकामा मात्रै ३८ करोड १४ लाख रुपियाँको बजेट विनियोजन गरिएको देखिएको छ।

वार्षिक विकास कार्यक्रमअनुसार पाण्डेले आफ्नो वडामा पूर्वाधार, सिँचाइ, पर्यटन, जलस्रोत लगायतका लाखौँदेखि करोडौँ रुपियाँका योजनाहरू प्रस्ताव गर्नु भएको थियो ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने वार्षिक विकास कार्यक्रम सार्वजनिक गरेपछि सचिव पाण्डेविरुद्ध सत्तापक्षदेखि प्रतिपक्षसम्मका प्रदेशसभा सदस्यहरूले तीव्र विरोध जनाएका थिए।

Author

Related News