मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

‘शिवांश: च्याप्टर–१’ को छायाङ्कन सकियो, असोज २४ गते प्रदर्शनको तयारी

पोखरा । नेपाली चलचित्र ‘शिवांश: च्याप्टर–१’ को छायाङ्कन सकिएको छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको छायाङ्कन ३६ दिनमा पूरा भएको निर्माता अञ्जान केसीले जानकारी दिनु भएको छ ।

पोखराको लामाचौर, घार्मी, महेन्द्र गुफा, अमला बिसौनी लगायतका स्थानमा छायाङ्कन गरिएको फिल्म सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको हो।

भगवान शिवको अंश समाजमा कसरी सान्दर्भिक छ भन्ने विषयमा आधारित फिल्ममा शक्ति सङ्घर्षको कथा देखाइएको निर्देशकले बताए।

प्रवीण खतिवडा, तेज गिरी, रूषा न्यौपाने मुख्य भूमिकामा छन् भने पटकथा बारत लिम्बुले लेखेका हुन्।

सङ्गीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको रहेको बताइएको छ। कार्यकारी निर्माता शम्भु थापा रहेका छन्।

चलचित्र आगामी असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ। वितरणको जिम्मा डिसिएनले लिएको छ।

Author

Related News