मानव आवाज https://www.manavaawaj.com/ तथ्य, तर्क र परिवर्तनको आवाज Wed, 21 Oct 2026 01:28:45 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1.3 https://www.manavaawaj.com/wp-content/uploads/2025/03/cropped-New-Logo-32x32.png मानव आवाज https://www.manavaawaj.com/ 32 32 दशैँदेखि राजनीतिसम्म-सात प्रसङ्‌ग, अनेक प्रश्न https://www.manavaawaj.com/from-dashain-to-politics-seven-contexts-many-questions/ Wed, 21 Oct 2026 00:07:00 +0000 https://www.manavaawaj.com/?p=15764 नेपालीको महान चाड विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना सहित यो आलेख शुरु गर्न चाहन्छु । सदा झैँ, कुनै एक प्रसङ्गमा रहेर घटना र विचारलाई प्रस्तुत गर्नुको साटो कुरोकन्थोको यो भागमा सप्ताह भरी भएका घटनाको वस्तुनिष्ठ समीक्षा गर्न चाहेको छु । प्रसङ्ग नं.१ : चन्द्रकुबेर खापुङको विवादित दशैँ शुभकामना र दशैँ तिहार नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक ... Read more

The post दशैँदेखि राजनीतिसम्म-सात प्रसङ्‌ग, अनेक प्रश्न appeared first on मानव आवाज.

]]>
नेपालीको महान चाड विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना सहित यो आलेख शुरु गर्न चाहन्छु । सदा झैँ, कुनै एक प्रसङ्गमा रहेर घटना र विचारलाई प्रस्तुत गर्नुको साटो कुरोकन्थोको यो भागमा सप्ताह भरी भएका घटनाको वस्तुनिष्ठ समीक्षा गर्न चाहेको छु ।

प्रसङ्ग नं.१ : चन्द्रकुबेर खापुङको विवादित दशैँ शुभकामना र दशैँ तिहार

नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक चन्द्रकुबेर खापुङ लेख्नुहुन्छ-“पहाडिया नेपाली समुदायको प्रमुख चाड बडादशैँ तथा तिहारको शुभकामना ।” उहाँको यो लेखाइ सँगसँगै एउटा बहस छेडिन्छ वास्तबमा दशैँ र तिहार कसको चाड हो, समग्र हिन्दुको ? नेपाली मात्रको ? वा चन्द्रकुबेरले भने झैँ पहाडिया नेपाली समुदायको ?

पहिलो कुरा त दशैँ र तिहार एउटा “शरद उत्सव” हो । धार्मिकताभन्दा माथि उठेको, प्रकृतिसँग जोडिएको बलियो परम्परा । भौतिक पुर्वाधारको विकास नभएको त्यतिबेलाको समयमा खोलाको वारपार र लामो यात्रा वर्षायाममा  गरिँदैन थियो । पहाडी समुदाय वर्षा शुरु भएपश्चात् आआफ्नो खेतिपातिमा व्यस्त हुन्थे । उर्लिएका भेलबाढीले तोडेका  पहाडका सम्बन्ध वर्षा शान्त भएर खोलाको बहाब घटेसँगै पुनः स्थापित हुन्थ्यो । पहाडी समुदायका मुख्य बाली मकै र धान यसै शरद ऋतुमा भित्र्याइन्छ । वर्षापछि सफा खुलेको आकाश, शरद ऋतुको समशितोष्ण मौसम आवागमनको सहजता र धनसारमा थुप्रिएका अन्न बालीले दिने उमङ्ग एक आपसमा बाँड्दै, इष्टमित्र भेट्ने, खुशियाली साट्ने र शुभकामना दिने-लिने परम्पराको रुपमा पहाडी समुदाय र राज्यहरूले बसाएको परम्परा हो, दशैँ । 

काठमाडौं उपत्यका होस् वा बाइसी, चौबिसे वा हुन् गोर्खा, लमजुङ्ग, विजयपुर र चौदण्डी यी सबै पहाडी राज्य नै थिए । एक समानका भौगोलिक परिस्थिति र मौसम भएका यी राज्यहरुले दशैँ र तिहार उत्सवको रुपमा मनाउँदा यी चाड मौलिक चाडको रुपमा विकास भए । तराईसहितको आजको नेपाल केही सय वर्ष अगाडि मात्र बन्यो । वेद र उपनिषद्मा यी चाडलाई महत्वका साथ वर्णन गरेको नपाइनुले, दशैँ, समग्र हिन्दुको चाड होइन भन्ने प्रमाणित गर्छ, तराईमा छठको जुन महत्व छ, त्यो महत्व दशैँ-तिहारको नभएबाट चन्द्रकुबेर ठिकै देखिनुहुन्छ । सबैभन्दा धेरै हिन्दु भएको भारतमा यसलाई दशहराको रुपमा मनाइए पनि टिका, जमरा, आफन्त भेटघाट र शुभकामना आदानप्रदानको जुन बृहदता नेपाली पहाडी समुदायमा छ, त्यो अन्यत्र छैन । लामो समयको निरन्तरको परिश्रम पछिको थकान मेट्न पशुपन्छिको मासु आहारको  व्यापकता दशैँको अर्को पक्ष हो । मानिसले आफू अनुकुल विकास गरेको धर्म-देवीदेवता र तिनको व्याख्या विश्लेषण ती आफ्ना ठाउँमा छन् ।

हिन्दु धार्मिक परम्परामा पण्डित-पुरोहितको जुन वर्चश्व छ, त्यो वर्चश्व यी मौलिक पर्वमा नहुनु, खस सम्प्रदायले पुजन गर्ने १२ भाइ मष्टोका नौ दिदी बहिनीको रुपमा नवदुर्गा पुजनले दशैँलाई नेपाली पहाडी परम्पराको मौलिक चाड नै हो भन्न हिच्किचाउनु पर्ने देखिन्न । वैदिक परम्परा भन्दा बाहिरको, शरद उत्सवको रुपमा मनाइने, धार्मिक मूल्य मान्यता भन्दा बढी प्रकृति पुजनसँग जोडिएको यो परम्परा समग्र पहाडी समुदायको रैथाने चाड हो । आर्यहरुको आगमन र अन्तरघुलनसँगै  यस चाडले क्रमशः हिन्दुकरण झेल्दै आयो र आज हिन्दुहरुको मुख्य चाडको रुपमा अङ्गिकार हुँदै आएको परिस्थिति छ । 

प्रसङ्ग नं. २ : डा . मित्र परियारको पुच्छर बहिष्कार अभियान र दशैँमा दलित सवाल

दशैँको मुखैमा दमाह र नगरा बजाउँदै डा. मित्र परियारले दमाई समुदायलाई पुच्छर बहिष्कारको लागि अपिल गर्नुभयो । हिन्दु वर्णाश्रम प्रथा अनुसार दलित समुदाय माथि हुँदै आएको जातीय भेदभादको कटु आलोचक र अभियानकर्ता हुनुहुन्छ, मित्र परियार।

हिन्दु वर्णाश्रम व्यवस्था र त्यसको आधारमा गरिने जातिय भेदभाव र छुवाछुत पहाडी समुदायमा धेरै ढिला मात्र आइपुग्यो । सायद, मुगलले खेदेका पुरोहित-पण्डितको नेपाल आगमनसँगै यो सामाजिक विकृति नेपाल भित्रियो । मष्टो पुजक र प्रकृति पुजक पहाडी समुदायमा यो विभाजनले स्थायी रुप लिन लामो समय लगायो । त्यसैले भारत र नेपालकै तराईमा जस्तो दलित अवस्था पहाडी भुभागमा छैन । पहाडका अधिकाङ्श दलितहरुको थोर बहुत मात्र भए पनि जिविकाको लागि आफ्नै निजी जमिन छ, जुन भारत र तराई दलितमा पाइन्न । पुर्वी पहाडको लिम्बू समुदायमा दलित थर देखिए पनि जातीय छुवाछुत र भेदभाव छैन । काठमाडौं उपत्यकाको नेवार समुदयमा जातीय विभाजनको तिथि मिति नै स्पष्ट छ । प्राय आदिवासी-जनजातिमा जात प्रथाको कुनै नामोनिसान छैन । पहाडी दलितहरु सामाजिक र राजनीतिक बहिष्करणमा परेका खस जातिको एउटा हिस्सा मात्र हुन् ।

पुर्वी पहाड होस् वा पश्चिमी पहाड, जति महत्व  पुरोहितलाई दिइएको छ, त्यति नै महत्व दमाई जातिलाई दिएका छन् खस समुदायले । बिहे र ब्रतबन्ध जस्ता महत्वपूर्ण उत्सवहरु दमाई जाती बेगर कल्पना नै गरिएको छैन । सके बाजागाजासहित दमाई टोलीलाई अघि लगाएर थालनी गर्ने, नसके आफूले मान्दै आएको (काम लिँदै आएको) दमाईलाई नयाँ लुगा सहित टोपी, फेटा, पगरी गुथेर अगाडि लगाउने परम्परा छ, पहाडी खस समुदायमा । बिहे, ब्रतबन्ध र अन्य  कुनै पनि शुभकार्य दमाई बेगरको कल्पना पहाडी खस समुदायमा नरहेको र अधिकाँश पहाडी राज्यहरु खस शासकबाट नियन्त्रित रहेको अवस्थाकै कारण मष्टो पुजनदेखि देवी-देवताको पुजनमा दमाह र नगराको महत्व रहेको हो । ब्राम्हणले मात्र बजाउने बाजाहरु शङ्ख र डमरुको प्रचलन वैदिक ब्राम्हणले पछि मात्र नेपाल भित्र्याएका हुन् ।

डा. मित्र परियार र अभियानी दमाई समुदायका साथीहरुलाई आग्रह गर्न चाहन्छु, जातीय भेदभावको प्रथा नेपाली मौलिक सभ्यता र परम्पराको हिस्सा होइन । यो ब्राम्हणबादको निकृष्ट अतिक्रमण हो । करिव १४ प्रतिशत दलित समुदायले झेल्दै आएको यो अमानवीय व्यवहारको हिस्सा आदिबासी जनजाति त हुँदै होइनन्, नेपालको परम्परागत शासक खलक, खसहरु, ब्राम्हणबादको शिकार हुँदै गर्दा बसेको थिति मात्र हो । पण्डित-पुरोहित नहुँदा चल्ने कैयन पुजा, परम्परा र प्रथा पहाडी खस समुदायमा दमाई नहुँदा चल्दैन । आफ्नो सामर्थ्यलाई बुझ्नुहोस, ती मन्दिरहरु जहाँ दमाह र नगरा बजाउनु अनिवार्य छ, ती बिहे-ब्रतबन्ध र सामाजिक कार्यहरू जहाँ “ दमाईलाई अगाडि नलगाई शुभ साइत हुँदैन”-भन्ने मान्यता छ । त्यहाँ समान हैसियत र अगुवाई खोज्नुहोस, जो जसले जहाँ जहाँ जातीय विभेद गर्छ, ती उत्सव र पुजा बहिष्कार गर्नुहोस् । मष्टो पुजक र प्रकृति पुजक पहाडी समुदायले तपाइँलाई अलग राख्नै सक्दैन ।

यदि हिन्दु वर्णाश्रम व्यवस्थाको हिस्सा पहाडी समुदाय थियो भने-“दलितको छायाँ मात्र पनि ठूलो पाप हुने परम्पराको ठिक विपरित हरेक शुभ कार्यमा दमाईको अनिवार्यता र अगुवाईको परम्परा हुने थिएन ।” दमाईको दशैँ पुच्छर  बहिष्कारमा मात्र नरुमल्लियोस, समानता र सम्मानको लागि बाजा बहिष्कारमा सामूहिक रुपमा उत्रियोस। जातीय छुवाछुत र विभेदको जरोकिलो उखेलिन्छ ।

प्रसङ्ग नं. ३ : कांग्रेस महाधिवेशन

यो हप्ता कांग्रेस महाधिवेशनको नतिजा सार्वजनिकरण भयो । त्यसो त आलोचकहरु नेपाली कांग्रेसलाई भाइ कम्युनिष्ट भन्छन् । सैद्धान्तिक रुपमा समाजवाद स्विकार्नु र साङ्गठानिक तौरतरिकामा क्याडर बेस पार्टी सङ्गगठमा निर्भर रहेका कारण आलोचकको प्रतिक्रिया आफैँमा गलत छैनन् । समाजवादको च्यादर उतारेर उदार अर्थतन्त्र र लोक कल्याणकारी राज्य व्यवस्थाको सैद्धान्तिक मुल्य मान्यतामा कांग्रेस प्रवेश गरोस भन्ने उसका हितैषीको मन, कांग्रेस महाधिवेशनले कुँडाएको छ ।

बेलाबेलामा देखिने कांग्रेस भित्रका ठुला ज्वारभाटाको पछिल्लो संस्करणका नायक हुनुहुन्छ, गगन थापा । उहाँ १५ औं महाधिवेशनबाट सभापति बन्दै गर्दा, सधै झैँ, सानो आकारमा रहने महाधिवेशन प्रतिनिधिको सङ्ख्या ह्वात्तै बढेर ७ हजार १ सय १४ पुगेको छ । अब पहिले पहिले झैँ-“म कांग्रेसको महाधिवेशन प्रतिनिधि” भनेर चिया चौतारोमा गर्व गर्ने परिस्थिति कांग्रेसिजनको रहने छैन । यो महाधिवेशनले, त्यो शाख खोसेको छ । १ सय ६५ जनाको केन्द्रिय समिति बढेर २ सय ९७ पुर्‍याइएबाट केन्द्रिय नेताको मानसम्मानमा समेत आच आउने नै छ । क्रियाशील सदस्य वितरण गर्दा, एकाघरको सम्पुर्ण सदस्य मण्डली नै सोलोडोलो सदस्यता भर्ने, सदस्य सङ्ख्या धेरै देखाउने रोगबाट शुरु भएको सङ्क्रमण महाधिवेशन प्रतिनिधि सङ्ख्या हुँदै केन्द्रिय समिति र पदाधिकारी सङ्ख्याको बढोत्तरी सम्म नै पुग्यो ।

विचार र एजेन्डामा बहस हर्न रुचि नराखेको गगन कांग्रेस समावेशिताको नाममा सङ्गठन र क्याडर बेस पार्टीको रुपमा थप कम्युनिस्टकृत हुन पुगेको छ । यसले एकातिर नेताहरुको सामाजिक छवीमा आँच ल्याएको छ भने, अर्को तर्फ कम्युनिष्टको झैँ मुल नेतृत्वमा शक्ति केन्द्रिकरण गरेको छ । स्मरण रहोस्, नेकपा माओवादीले ०६४ सालमा आफूलाई चिनियाँ कम्युनिष्ट पार्टी पछिको ठूलो सङ्गठन भएको पार्टी घोषणा गरेको थियो भने केन्द्रिय समितिको आकार बढाउँदै नारायणी किनारमा सम्पन्न भएको नेकपा एमालेको महाधिवेशनले उसलाई  कहाँ पुर्‍यायो ? लोकतन्त्रको नाममा दलतन्त्र र नेतातन्त्रको अभ्यास कति महङ्गो पर्‍यो भन्ने उदाहरण जेन्जी आन्दोलन हो । त्यही आन्दोलनको आडमा पार्टी सत्ता हत्त्याउन सफल गगनमा सो चेत नरहनु दुखद् पक्ष हो । फेरि पनि देशको पुरानो लोकतान्त्रिक पार्टीप्रति शुभेच्छा र शुभकामना ।

प्रसङ्ग नं. ४ : राष्ट्रिय स्वतन्त्र पार्टीको क्याण्डिडेट क्लब

कलाकारिता र नेतागिरी दुवै ग्लामर जगत हो । मान, सम्मान, शक्ति, हैसियत र पैसा यी दुवै क्षेत्रमा छन् । दुवै नसा हो, नसाको कुरा गर्दा जाडको नसा र गाजाको नसा फरकफरक नसा हुन् । जब जाँडले मात्तिएको मान्छेमा गाजाको नसा थपिन्छ, त्यसले जोखिम अधिक नित्याउँछ । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिमा कलाकारितालाई जोड्ने जुन प्रयास गरेको छ, त्यसैको नाम हो-“क्यान्डिडेट क्लब ।” 

राजनीति सर्वाधिक खोज-अनुसन्धान र अभ्यासको क्षेत्र हो । नयाँनयाँ प्रयोगलाई यसले बर्जित त गर्दैन तर लामो अभ्यास र राजनीतिको सैद्धान्तिकरणले यो प्रकारको गतिविधि कहिँ कतै  गरेको देखिँदैन । आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको रुपमा प्राइमरी इलेक्सन भने सर्वाधिक सफल अभ्यास भएका उदाहरण पाइन्छ । क्यान्डिडेट क्लब सफल हुँदा र यसले ल्याएको परिणामले सार्थकता पाउँदा विश्व राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको विशिष्ट योगदानको रुपमा उसको यो अभ्यासले स्थान पाउने नै छ । लोकप्रियताको बलमा राजनीतिमा प्रवेश गरेको पार्टीले यी हर्कत गर्नु स्वभाविक देखिन्छ, सामाजिक सञ्जालको लोकप्रियता र बलमा संसदसम्म पुग्नुभएका खगेन्द्र सुनार, आशिका तामाङलगायतले गरेको ‘हैरानी’ र दिक्दारी भने स्मरण योग्य छ । हरेक स्थानीय तहहरू तमासेको सर्कस घर नबनोस्, क्याण्डिडेट क्लबलाई पनि दशैँको शुभकामना ।

प्रसङ्ग नं. ५ : एक महिनासम्म नपन्छिएको टाहाखेल-टिकाभैरब सडक खण्ड

चुन ढुङ्गाको उत्खनन् सहित काठमाडौँ उपत्यकाको मुख्य निर्माण सामग्री उत्पादनको हब रहेको टाहाखेल-टिकाभैरब सडक खण्डमा खसेको एक थुप्रो ढुङ्गा पन्छाउन राजनीतिले एक महिना लगाइसकेको छ ।  ती र त्यस्ता ढुङ्गे पहिरो यहाँका खानीमा दैनिक खस्छन् र सयौँ  ट्रक-ट्रीपरमा लोड भएर आआफ्नो गन्तव्यमा पुग्छन् ।  कांग्रेस र रास्वपाको घनचक्करमा परेर जुन हैरानी र सास्ती आम नागरिकले पाए, त्यो भर्त्सना योग्य छ ।

क्षेत्राधिकार मिच्दै स्थानीय तहको अधिकारलाई सङ्कुचन गर्ने सङ्घीय सांसददको हर्कत जति निन्दनीय थियो त्यति नै भर्त्सना योग्य गोदावरी नगरको कामकारवाही देखियो । आवश्यक यन्त्र-उपकरण र जनशक्तिले सशक्त गोदावरी नगरले अनुभव र क्षमता भएका ठुला खानी सञ्चालकको सहायता लिएर पहिरोलाई समयमा पन्छाउने भन्दा सङ्घीय सांसदको मानमर्दन भइरहोस् भन्ने उद्देश्यका साथ सडक खुलाउन ढिलासुस्ती गरेको व्यहोरा घाम जति छर्लङ्ग छ । राजनीतिको निकृष्ट चालबाजीबाट यो क्षेत्र मुक्त होस्, शुभकामना ।  

प्रसङ्ग नं. ६ : आनी छोइङको  नियुक्ति 

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्तिलाई लिएर सामाजिक सञ्जाल गर्माएको छ । झट्ट हेर्दा नेपाली समाज पहाडी खस-आर्य बाहेकका नागरिकप्रति पुर्वाग्रही देखिँदै आएको छ । नेपालको पछिल्लो राजनीतिक इतिहासमा कैयन प्रधानमन्त्रीहरु देश बाहिर जन्मिएका नागरिक भएका छन् भने केहीका पुर्ख्यौली थातथलो नेपाल बाहिर रहेको थियो । एकजना प्रधानमन्त्रीले विदेशी नागरिकता लिएर, विदेशमा नै देहत्याग समेत गरेको इतिहास छ, ती सबै चर्चा गरिएका प्रधानमन्त्री खस-आर्य  समुदायका भएका कारण खासै नकारात्मक चर्चा भएनन् । आनी छोइङले नेपाली समाज र राज्यलाई पुर्‍याएको योदान, मानवीयताप्रति उहाँको समर्पण र बौध्द धर्मप्रति उहाँको आस्थामा प्रश्न उठाउन पर्ने ठाउँ छैन । विदेशी पिआर र ग्रीन कार्डको प्रतीक्षामा नागरिकता त्याग्न गोडा उचालेको समाजले आनीको नागरिकतामाथि प्रश्न उठाउने हैसियत राख्दैन ।

प्रसङ्ग नं.७ : विविध

यो सप्ताह सांसद खगेन्द्र सुनार र एक जना राजनीतिक महिलाको  अडियो प्रकरणले सनसनी खेज रह्यो । राज्यको नीति निर्माण तहमा रहेका सांसदद र शासक रहिसकेकी पुर्वमन्त्री जोडिएको घटना स्वतः नेपाल सरकारको अनुसन्धान क्षेत्र भित्र पर्नु पर्ने विषयवस्तु हो । “यस्ता गम्भीर विषय सिधै राज्यको सरोकार नभइकन किन पार्टीगत छानविनको विषय बनाइन्छ ? नेपाली समाजले दशैँको मासु चपाउँदै विचार गर्ने छ ।”-भन्ने अपेक्षा छ ।

किशोर श्रेष्ठ प्रकरणले सिङ्गो पत्रकार जगतको शिर उठाउन यो सप्ताह सफल रह्यो । हिमेश पन्तको उजुरीमा “GOOD MORNING”भएका किशोर श्रेष्ठ “सामाजिक सञ्जालमा जथाभावी नलेख्न  हिमेशलाई सहमत गराउँदै, चित्त नबुझेका समाचार उपर प्रेस काउन्सिलको बाटो देखाउन सफल भए ।” सत्य निष्ठाको आङ्शिक जित सहित असत्य, रुढिबाद र लाचारी माथिको प्रहार सहित बडादशैँको शुरुवात भएको छ । असत्यमाथि सत्यको जित र आम नागरिकमा रहेको भ्रमको पर्दा च्यातियोस्, बडादशैँ (शरद उत्सव) को सबैसबैमा शुभकामना ।

The post दशैँदेखि राजनीतिसम्म-सात प्रसङ्‌ग, अनेक प्रश्न appeared first on मानव आवाज.

]]>
असोजमा भएका सवारी दुर्घटनामा कास्कीमा ११ जनाको मृत्यु https://www.manavaawaj.com/11-people-died-in-road-accidents-in-kaski-during-the-month-of-ashoj/ Tue, 20 Oct 2026 13:13:40 +0000 https://www.manavaawaj.com/?p=15776 पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट २०८३ साल असोज महिनामा सम्पादन गरिएका कार्य तथा गतिविधिबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी गराउनुभयो । प्रहरीका अनुसार असोज महिनामा जिल्लामा ५९ ओटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १ सय १ जना घाइते ... Read more

The post असोजमा भएका सवारी दुर्घटनामा कास्कीमा ११ जनाको मृत्यु appeared first on मानव आवाज.

]]>
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट २०८३ साल असोज महिनामा सम्पादन गरिएका कार्य तथा गतिविधिबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी गराउनुभयो ।

प्रहरीका अनुसार असोज महिनामा जिल्लामा ५९ ओटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १ सय १ जना घाइते भएका छन् ।

सवारी नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्दा प्रहरीले ४ हजार ७ सय ८५ पटक कारबाही गरेको छ । यसबाट ३९ लाख १८ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।

प्रहरीले नियमित परिचालनअन्तर्गत पिकेट, चेकिङ, मोबाइल गस्ती, मोटरसाइकल गस्ती, ग्रामीण गस्ती, एलआरपी, एसआरपी, एमआरपी तथा पैदल गस्ती सञ्चालन गरेको थियो ।

विशेष परिस्थितिमा प्रहरी परिचालनतर्फ विभिन्न राजनीतिक कार्यक्रम तथा अधिवेशनका दुई ओटा कार्यक्रममा १ सय २५ जना प्रहरी परिचालन गरिएको थियो ।

विपद् व्यवस्थापनतर्फ असोज महिनामा पाँच ओटा आगलागीका घटनामा २७ जना प्रहरी परिचालन भएका थिए ।

आगलागीबाट अनुमानित ३ करोड १५ लाख ३५ हजार रुपियाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ । यस्तै, २८ ओटा अविरल वर्षाका घटनामा १२ जना प्रहरी परिचालन भएका थिए । ती घटनामा चार घरमा आंशिक क्षति पुगेको थियो ।

यसैगरी, दुई ओटा सुख्खा पहिरोका घटनामा १७ जना प्रहरी परिचालन भएका थिए । ती घटनामा दुई जना पुरुषको मृत्यु भएको विवरणमा उल्लेख छ । दुई ओटा चट्याङका घटनामा चार जना प्रहरी परिचालन भएका थिए भने तीन ओटा चौपाया मरेका थिए ।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ सात ओटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय तहमा पठाइएको र १ लाख २४ हजार रुपि याँ राजस्व कारबाही भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले असोज महिनामा गरेका यी गतिविधिबारे प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी गराउनुभएको हो ।

The post असोजमा भएका सवारी दुर्घटनामा कास्कीमा ११ जनाको मृत्यु appeared first on मानव आवाज.

]]>
१२ दिनसम्म सङ्गीतमा झुम्यो झ्यालुङ्टार https://www.manavaawaj.com/jhyalungtar-immersed-itself-in-music-for-12-days/ Mon, 19 Oct 2026 00:52:52 +0000 https://www.manavaawaj.com/?p=15740 ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँस्थित झ्यालुङ्टार मिनी रङ्गशालामा आयोजित ‘गोदावरी चापागाउँ दशैँ सस्तो बजार महोत्सव-२०८३’ १२ दिनसम्म किनमेल, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनको उत्सव बनेर सम्पन्न गरिएको छ । दशैँको किनमेलसँगै राष्ट्रिय तथा स्थानीय कलाकारका साङ्गीतिक प्रस्तुतिले झ्यालुङ्टारलाई उत्सवमय बनाएको महोत्सवको अन्तिम दिन कात्तिक १ गते गायिका ज्योति मगर र रचना रिमालका प्रस्तुतिले विशेष रौनक ... Read more

The post १२ दिनसम्म सङ्गीतमा झुम्यो झ्यालुङ्टार appeared first on मानव आवाज.

]]>
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँस्थित झ्यालुङ्टार मिनी रङ्गशालामा आयोजित ‘गोदावरी चापागाउँ दशैँ सस्तो बजार महोत्सव-२०८३’ १२ दिनसम्म किनमेल, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनको उत्सव बनेर सम्पन्न गरिएको छ ।

दशैँको किनमेलसँगै राष्ट्रिय तथा स्थानीय कलाकारका साङ्गीतिक प्रस्तुतिले झ्यालुङ्टारलाई उत्सवमय बनाएको महोत्सवको अन्तिम दिन कात्तिक १ गते गायिका ज्योति मगर र रचना रिमालका प्रस्तुतिले विशेष रौनक थपेका थिए ।

लिनियर मिडिया प्रालि तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा २०८३ असोज २१ गतेदेखि २०८३ कात्तिक १ गतेसम्म सञ्चालन भएको महोत्सवले व्यापार, स्थानीय उत्पादनको प्रवर्धन र सांस्कृतिक मनोरञ्जनलाई एउटै थलोमा जोडेको कार्यक्रम संयोजक सुवास महतले बताउनुभयो ।

महोत्सवको अन्तिम दिन गायिका ज्योति मगरले आफ्ना सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई नचाउँदै रङ्गशालाको माहोल तताउनुभएको थियो ।

उहाँका प्रस्तुतिमा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए । त्यस्तै, गायिका रचना रिमालले मधुर स्वर र शान्त शैलीमा गीत प्रस्तुत गर्दै दर्शकलाई साङ्गीतिक आनन्द प्रदान गर्नुभएको राष्ट्रिय सङ्गीतकर्मी सङ्घ ललितपुरकी अध्यक्ष सविना दाहालले बताउनुभयो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । साङ्गीतिक कार्यक्रमसँगै महोत्सवस्थलमा दशैँको किनमेल गर्ने उपभोक्ता र मनोरञ्जन लिन आउने सर्वसाधारणको चहलपहल रहेको स्थानीयले बताएका छन् ।

दशैँका लागि आवश्यक सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा लत्ताकपडा, जुत्ताचप्पल, घरायसी सामग्री तथा दैनिक उपभोग्य वस्तुको प्रदर्शनी र बिक्री गरिएको थियो ।

उपभोक्तालाई एउटै स्थानबाट विभिन्न सामग्री खरिद गर्ने सुविधा उपलब्ध गराउनुका साथै स्थानीय व्यवसायीलाई आफ्ना उत्पादन तथा सामग्रीको बजार विस्तार गर्ने अवसरसमेत प्रदान गरिएको थियो ।

महोत्सवमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुपथ मूल्य पसलसमेत सञ्चालन गर्ने योजना आयोजकले अघि सारेको थियो ।

स्थानीय उत्पादन तथा व्यापारिक सामग्रीलाई प्राथमिकता दिँदै आयोजना गरिएको महोत्सवले चापागाउँ क्षेत्रको व्यापारिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको थियो ।

किनमेल र सांगीतिक कार्यक्रमसँगै बालबालिकाका लागि विभिन्न खेलसहितको बाल उद्यान सञ्चालन गरिएको थियो ।

स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनका लागि खुला नृत्य प्रतियोगितासमेत आयोजना गरिएको थियो । यसले महोत्सवलाई व्यापारिक गतिविधिमा मात्र सीमित नराखी पारिवारिक मनोरञ्जन र प्रतिभा प्रदर्शनको साझा मञ्चका रूपमा स्थापित गर्ने प्रयास गरेको थियो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उद्घाटन गर्नुभएको महोत्सवको समापन बागमती प्रदेशका पूर्वखेलकुदमन्त्री एवम् प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले गर्नुभएको थियो ।

१२ दिनसम्म चलेको महोत्सवले दशैँको किनमेल, स्थानीय व्यापारको प्रवर्धन र सांस्कृतिक मनोरञ्जनलाई एकै ठाउँमा समेट्दै चापागाउँ क्षेत्रको चाडपर्वको रौनक बढाएको थियो ।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष परोक्ष सहयोग गर्नेहरूलाई समापनका अवसरमा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो भने प्रस्तुति दिने कलाकारलाई उचित पारिश्रमिकसहित मायाको चिनो प्रदान गरिएको थियो ।

The post १२ दिनसम्म सङ्गीतमा झुम्यो झ्यालुङ्टार appeared first on मानव आवाज.

]]>
सनातन हिन्दु सभ्यताको गौरव जोगाउनुपर्छ : खुश्बु ओली https://www.manavaawaj.com/the-glory-of-the-sanatan-hindu-civilization-must-be-preserved-khushbu-oli/ Sun, 18 Oct 2026 14:21:49 +0000 https://www.manavaawaj.com/?p=15737 पोखरा । प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले नेपालको सनातन हिन्दु सभ्यताको गौरव र पहिचान जोगाउन सबै एकजुट हुनुपर्ने बताएकी छन् । मधेश कास्की पोखरा सम्पर्क समाजको आयोजनामा २०८३ असोज ३१ गते पोखरामा आयोजित चौथो नवदुर्गा पूजा विशेष समारोहमा सहभागी हुँदै ओलीले सनातन आस्था, संस्कृति र पहिचानप्रतिको समर्पणका लागि आयोजक परिवारप्रति आभार व्यक्त गर्नुभयो । दशैँ तथा ... Read more

The post सनातन हिन्दु सभ्यताको गौरव जोगाउनुपर्छ : खुश्बु ओली appeared first on मानव आवाज.

]]>
पोखरा । प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले नेपालको सनातन हिन्दु सभ्यताको गौरव र पहिचान जोगाउन सबै एकजुट हुनुपर्ने बताएकी छन् ।

मधेश कास्की पोखरा सम्पर्क समाजको आयोजनामा २०८३ असोज ३१ गते पोखरामा आयोजित चौथो नवदुर्गा पूजा विशेष समारोहमा सहभागी हुँदै ओलीले सनातन आस्था, संस्कृति र पहिचानप्रतिको समर्पणका लागि आयोजक परिवारप्रति आभार व्यक्त गर्नुभयो ।

दशैँ तथा चाडपर्वको व्यस्तताका बिच पोखरा आउनुको विशेष भाव रहेको उल्लेख गर्दै उहाँले नेपालको सनातन हिन्दु सभ्यताको गौरव र पहिचान जोगाउन मधेशका हिन्दु समुदायले देखाउँदै आएको आस्था, साहस र समर्पणप्रति सम्मान व्यक्त गर्नुभयो । नेपालको सनातन चेतनालाई जीवन्त राख्ने जागरण अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ थियो ।

तराईमा हिन्दु समुदायमाथि भएका आक्रमणका घटनापछि हिन्दु युवाहरूमाथि पक्राउ पुर्जी जारी गर्ने तथा फौजदारी अभियोग लगाउने प्रक्रियाबारे उठेका प्रश्नलाई बेवास्ता गर्न नहुने उहाँले बताउनुभयो ।

न्याय सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै ओलीले कानुन कसैप्रति पूर्वाग्रह राख्ने हतियार बन्न नहुने उल्लेख गर्नुभयो ।

‘कुनै पनि घटनामा निष्पक्ष छानबिन होस्, दोषीले कानुनअनुसार उन्मुक्ति नपाऊन् र निर्दोषले अन्याय भोग्नु नपरोस् ।’-उहाँले भन्नुभयो-‘यही न्यायको पक्षमा मैले आफ्नो आवाज उठाएकी छु र उठाइरहनेछु ।’

सनातन आस्थामा विश्वास गर्ने नेपालीहरू विभाजित भएर नभई आपसी सम्मान, सद्भाव र एकताका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

सनातनीहरूलाई जोड्ने, आफ्नो सभ्यताप्रति गर्व जगाउने र देशभर जागरणको सन्देश फैलाउने अभियानमा आफ्नो प्रतिबद्धता निरन्तर रहने उहाँले बताउनुभयो ।

माता दुर्गाले सबैलाई सत्यका पक्षमा उभिने साहस, अन्यायविरुद्ध बोल्ने शक्ति र सनातन सभ्यताको गौरव जोगाउने प्रेरणा प्रदान गरून् भन्ने कामना गर्दै ओलीले आस्था शक्ति, एकता सामर्थ्य र न्याय आफ्नो अडान भएको उल्लेख गर्नुभयो ।

The post सनातन हिन्दु सभ्यताको गौरव जोगाउनुपर्छ : खुश्बु ओली appeared first on मानव आवाज.

]]>
निःशुल्क स्वास्थ्य शिविरबाट प्याराग्लाइडिङ पाइलटसहित १ सय जना लाभान्वित https://www.manavaawaj.com/one-hundred-people-including-a-paragliding-pilot-benefit-from-free-health-camp/ Sun, 18 Oct 2026 07:33:50 +0000 https://www.manavaawaj.com/?p=15734 पोखरा । कर्मफ्लाइट्स् फाउण्डेसन नेपालको आयोजना तथा नेपाल हवाई खेलकुद संस्था र नेपाल प्याराग्लाइडिङ पाइलटस् क्लबको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ सय जना लाभान्वित भएका छन् । २०८३ असोज ३१ गते पोखरा महानगरपालिका-६, बङ्गलादीमा आयोजित शिविरमा प्याराग्लाइडिङ पाइलट, स्थानीय नागरिक तथा सर्वसाधारणले स्वास्थ्य सेवा लिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका-६ का वडाध्यक्ष ... Read more

The post निःशुल्क स्वास्थ्य शिविरबाट प्याराग्लाइडिङ पाइलटसहित १ सय जना लाभान्वित appeared first on मानव आवाज.

]]>
पोखरा । कर्मफ्लाइट्स् फाउण्डेसन नेपालको आयोजना तथा नेपाल हवाई खेलकुद संस्था र नेपाल प्याराग्लाइडिङ पाइलटस् क्लबको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ सय जना लाभान्वित भएका छन् ।

२०८३ असोज ३१ गते पोखरा महानगरपालिका-६, बङ्गलादीमा आयोजित शिविरमा प्याराग्लाइडिङ पाइलट, स्थानीय नागरिक तथा सर्वसाधारणले स्वास्थ्य सेवा लिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बिरामी जाँचपुर्जा सहप्राध्यापक डा. सरोज पोखरेललाई हस्तान्तरण गरी शिविरको शुभारम्भ गरेका थिए ।

वडाध्यक्ष भट्टराईले कर्मफ्लाइट्स् फाउण्डेसन नेपालले दुर्गम जिल्लाहरूमा समेत मानवीय तथा सामाजिक सेवाका कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक गतिविधिमा स्थानीय सरकारको निरन्तर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कर्मफ्लाइट्स् फाउण्डेसन नेपालका अध्यक्ष कृष्णप्रसाद पाण्डेले प्याराग्लाइडिङ पाइलटहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताउनुभयो ।

शिविर सफल बनाउन समय, ज्ञान, सीप र सेवाभावका साथ योगदान पुर्‍याउने स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै उहाँले प्राथमिक उपचारमा प्रयोग हुने किटसमेत हस्तान्तरण गर्नुभयो ।

शिविरमा मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर र सिटी प्याथ ल्याबका विशेषज्ञ चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण, भिडियो एक्सरे सेवा तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।

पाइलटहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै आयोजना गरिएको शिविरमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मीहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा अर्घाखाँची पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डे, नेपाल प्याराग्लाइडिङ पाइलटस् क्लबका अध्यक्ष लक्ष्मणबहादुर थापा, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष माधव तिवारी तथा संस्थाकी निवर्तमान अध्यक्ष शर्मिला शर्मालगायतको उपस्थिति थियो ।

उहाँहरूले फाउण्डेसनले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको थियो ।  

विद्यालयको शैक्षिक सुधार, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार, खानेपानी, सरसफाइ र स्वास्थ्यका क्षेत्रमा संस्थाले गर्दै आएका कार्यलाई उहाँहरूले सकारात्मक रूपमा लिनुभएको थियो ।

कर्मफ्लाइट्स् फाउण्डेसन नेपालका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी सहसचिव अप्सरा केसीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले गर्नुभएको थियो ।

शिविरमा स्थानीय नागरिक, संस्थाका पदाधिकारी, सामाजिक संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

The post निःशुल्क स्वास्थ्य शिविरबाट प्याराग्लाइडिङ पाइलटसहित १ सय जना लाभान्वित appeared first on मानव आवाज.

]]>
बाल्यकालको दशैँ : दक्षिणाभन्दा बगलीको चिउरा प्यारो ! https://www.manavaawaj.com/the-beaten-rice-in-ones-own-pocket-is-dearer-than-a-formal-gift/ Sat, 17 Oct 2026 23:51:52 +0000 https://www.manavaawaj.com/?p=15715 दशैँ भन्नेबित्तिकै अहिले मनमा नयाँ लुगा, टीका, जमरा, मासुभात, दक्षिणा र पारिवारिक जमघटका अनेक दृश्य आउँछन् । तर, बाल्यकालको दशैँ सम्झिँदा यी सबैभन्दा पहिले आँखाअगाडि आउने दृश्य अलि फरक छन् । सिलाउन दिएको बुस्कोटको ठूलो बगली, बगलीमा खनखनाउने सुका-मोहोर, मामाघर जान नपाउँदाको रिस, टीका लगाएर फर्किंदा पाइने चिउरा र गाउँको पाखामा ठडिएको लिङ्गे पिङ । ... Read more

The post बाल्यकालको दशैँ : दक्षिणाभन्दा बगलीको चिउरा प्यारो ! appeared first on मानव आवाज.

]]>
दशैँ भन्नेबित्तिकै अहिले मनमा नयाँ लुगा, टीका, जमरा, मासुभात, दक्षिणा र पारिवारिक जमघटका अनेक दृश्य आउँछन् । तर, बाल्यकालको दशैँ सम्झिँदा यी सबैभन्दा पहिले आँखाअगाडि आउने दृश्य अलि फरक छन् । सिलाउन दिएको बुस्कोटको ठूलो बगली, बगलीमा खनखनाउने सुका-मोहोर, मामाघर जान नपाउँदाको रिस, टीका लगाएर फर्किंदा पाइने चिउरा र गाउँको पाखामा ठडिएको लिङ्गे पिङ । ती सम्झनाहरूमा न महङ्गा उपहार थिए, न दशैँको भव्य सजावट । थियो त बालसुलभ उत्साह, सानो कुरामा ठूलो खुसी र वर्षमा एकपटक आउने चाडको बेग्लै रौनक ।

गाउँमा दशैँ भित्रिन लागेको सङ्केत घरघरमा देखिन्थ्यो । सोह्र श्राद्ध लागेपछि घरको सरसफाइ गरेर कमेरो र रातोमाटोले भित्ता रङ्गाउन थालेपछि गाउँ नै दशैँमय बन्थ्यो । कमेरो र रातोमाटोले रङ्गिएका घरहरू टाढैबाट चिटिक्क देखिन्थे । घर लिपपोत गर्ने, आँगन सफा गर्ने र घर वरिपरि सिँगारपटार गर्ने क्रमसँगै दशैँको रौनक बढ्दै जान्थ्यो । घरका ठूलालाई कामको चटारो हुन्थ्यो भने हामी केटाकेटीलाई नयाँ लुगा, मीठोमसिनो खानेकुरा र टीकाको प्रतीक्षाले छटपटी गराउँथ्यो । कमेरो र रातोमाटोले घर रङ्गिएपछि लाग्थ्यो-अब दशैँ साँच्चै घरभित्र पसिसक्यो ।

ललितपुरको कालेश्वर गाविस, अहिलेको महाङ्काल गाउँपालिका-४ को परिवेशमा बितेको बाल्यकालको दशैँ सम्झिँदा लाग्छ, समय फेरिएछ, रहनसहन फेरिएछ र खुसी मनाउने तरिका पनि फेरिएछन् । तर, ती दिनका सम्झना भने मनको कुनै कुनामा अझै उस्तै ताजा छन् । त्यतिबेला गाउँको दशैँको तयारी दशैँ आउनुभन्दा धेरै अघिदेखि सुरु हुन्थ्यो । घरमा सरसफाइ गर्ने, लिपपोत गर्ने, अन्नपात मिलाउने र चाडपर्वका लागि आवश्यक सामग्री जुटाउने काम हुन्थ्यो । घरका ठूलालाई दशैँको बन्दोबस्त मिलाउन भ्याइनभ्याइ हुन्थ्यो भने हामी केटाकेटीलाई भने दशैँ कहिले आउला भन्ने छटपटी । ठूलाका लागि दशैँ जिम्मेवारीको चाड थियो, हाम्रा लागि रमाइलोको महासागर ।

हामीलाई दशैँ नजिकिएको अनुभूति हुन थालेपछि सबैभन्दा पहिले नयाँ लुगाको चर्चा चल्थ्यो । अहिले जस्तो पसलमा गएर आफूलाई मन परेको लुगा छान्ने र किन्ने चलन सबैका लागि सहज थिएन । धेरैजसो घरमा कपडा किनेर ल्याउने र सिलाउन दिने गरिन्थ्यो । हामी ठुलाघरे पर्‍यौँ । परिवारमा सदस्य धेरै भएकाले घर पनि ठुलो । सदस्य पनि टन्नै । थानका थान लुगा घरमा ल्याइन्थ्यो । चन्दनपुरका साइला दाइले हाते कल बोकेर पिँढीमा राखेपछि हाम्रो दशैँ आउँथ्यो । लुगा छेकेपछि त खुशीले आकाशै छुन्थ्यो । कल आएको दुईतीन दिन बुढा गायबै हुने । अन्यत्र पनि लुगा सिलाउने चटारो हुँदो हो । ससाना बालबालिकाको लुगा सिलाउने पालो अन्तिममा पार्दा कहिलेकहीँ रिस पनि उठ्थ्यो । प्रतीक्षाको फल मिठो हुन्छ भने झैँ दशैँमा लगाउने लुगा तयार हुनु आफैँमा ठूलो उपलब्धि हुन्थ्यो । नयाँ लुगा लगाउने रहर त छँदै थियो, तर त्यसमा पनि हाम्रो विशेष ध्यान बुस्कोटको बगलीमा हुन्थ्यो ।

बुस्कोट सिलाउन दिँदा बगली ठूलो बनाउन लगाइन्थ्यो । बगली ठूलो हुनुको कारण अरू केही थिएन, दशैँमा टीका लगाउँदा पाइने चिउरा थाप्न सजिलो होस् भनेर । अहिले सम्झिँदा सामान्य लाग्ने त्यो कुरा त्यतिबेला हाम्रो प्राथमिकताको विषय थियो । कसैको बुस्कोटको बगली सानो भयो भने चिउरा धेरै नअटाउने चिन्ता हुन्थ्यो । त्यसैले लुगा सिलाउने बेलामै बगलीको आकारबारे विशेष चासो राखिन्थ्यो । बगली सानो भए लुगाको फेरोमा चिउरा थाप्नु पर्थ्यो । हामीलाई दक्षिणाभन्दा बगलीमा चिउरा थाप्ने हतार बढी हुन्थ्यो । दशैँको टीका लगाउन जाँदा घरघरबाट पाइने चिउरा जम्मा गर्ने आफ्नै प्रतिस्पर्धा हुन्थ्यो । बगली भरिँदै जाँदा मन पनि भरिएजस्तो लाग्थ्यो । कतै टीका लगाउन गइयो भने त्यहाँबाट कति चिउरा पाइन्छ भन्ने अनुमानसमेत गरिन्थ्यो होला सायद । त्यो उमेरमा चिउराको महत्त्व पैसा वा उपहारभन्दा कम थिएन । बगलीमा चिउरा अटाउनु भनेको दशैँ सफल हुनुजस्तै थियो ।

दक्षिणा पनि पाइन्थ्यो, तर अहिलेको जस्तो ठूलो रकमको अपेक्षा कहाँ हुनु र ! सुका मोहोर पाइन्थ्यो । ती मोहोर हातमा पर्दा हुने खुसीको तुलना अहिलेको पैसासँग गर्नै सकिँदैन । सानो सिक्का भए पनि त्यसको आफ्नै महत्त्व थियो । कसैले दक्षिणा दिँदा हात थाप्ने, पाएको पैसा सम्हालेर राख्ने र अरूले कति पाए भनेर चासो राख्ने बालसुलभ बानी पनि थियो । सुका मोहोरको मूल्य पैसामा जति थियो, सम्झनामा त्योभन्दा धेरै छ ।

दशैँको अर्को ठूलो आकर्षण थियो मामाघर । मामाघर जान पाउनु भनेको टीका लगाउनु मात्र थिएन, आफ्ना उमेरका दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाट गर्नु, रमाइलो गर्नु र अरू घरको दशैँ अनुभव गर्नु पनि थियो । त्यसैले टीका लगाउन मामाघर जाने कुरा उठ्नेबित्तिकै हामी तँसकमसक गर्न थाल्थ्यौँ । को जाने, को नजाने, कसलाई लैजाने भन्ने विषयले घरमै सानोतिनो विवाद जन्माउँथ्यो । हाम्रो परिवारमा सन्तान धेरै भएकाले होला, ममीले सबैलाई एकैपटक मामाघर लैजान सक्नुहुन्नथ्यो । घरको अवस्था, आउजाउको सहजता र अनेक व्यावहारिक कारणले सबैलाई सँगै लैजान सम्भव नहुँदो हो । तर, बालमनले ती बाध्यता कहाँ बुझ्थ्यो र ! आफू जान नपाइने भयो भने मन खिन्न हुन्थ्यो । अरू जाने भएपछि आफू पनि जानैपर्छ भन्ने लाग्थ्यो । कहिले मनाउने, कहिले जिद्दी गर्ने, कहिले रिसाउने । मामाघर जाने विषयमा हाम्रो बालसुलभ झगडा नै चल्थ्यो ।

अहिले ती दिन सम्झिँदा ममीको अवस्था बुझ्न सकिन्छ । धेरै सन्तानलाई सम्हालेर चाडपर्वको बन्दोबस्त मिलाउनु, सबैको रहर पूरा गर्न खोज्नु र घरको जिम्मेवारी निर्वाह गर्नु सजिलो थिएन । हामीले त्यतिबेला आफ्ना इच्छा मात्र देख्यौँ, उहाँका बाध्यता बुझेनौँ । आफूलाई मामाघर लैजान नसक्दा ममीलाई कस्तो लाग्थ्यो होला भन्ने प्रश्न अहिले मनमा आउँछ । बाल्यकालमा नपाएको एउटा अवसरको दुःख ठूलो लाग्थ्यो, तर, आमाले सबैलाई खुसी बनाउन गरेको प्रयासको मूल्य बुझ्ने उमेर थिएन ।

गाउँको दशैँमा पिङको आफ्नै महत्त्व थियो । पिङ हाल्ने काम सुरु भएपछि गाउँको वातावरण नै बदलिन्थ्यो । डोरी, बाँस र लिङ्गोको व्यवस्थादेखि पिङ तयार हुने बेलासम्म केटाकेटीमा बेग्लै उत्साह हुन्थ्यो । पिङ खेल्न पालो पर्खिनुपर्थ्यो । कसले धेरै मच्चाउने, कसले अग्लो पुग्ने र कसले लिङ्गोको टुप्पोमा बाँधिएको फुर्को छुने भन्ने प्रतिस्पर्धा चल्थ्यो । पिङमा मच्चिनु मात्र हाम्रो लक्ष्य थिएन, लिङ्गोको फुर्को छुन सक्नु पनि बहादुरीको विषय हुन्थ्यो । पिङ जति माथि पुग्थ्यो, मनमा त्यति नै उत्साह बढ्थ्यो। साथीहरूले पिङ मच्चाउँदा एकअर्कालाई हौस्याउने, आफ्नो पालो आउँदा अरूभन्दा अग्लो पुग्ने प्रयास गर्ने र फुर्को छुने दाबी गर्ने क्रम चलिरहन्थ्यो । कसैले फुर्को छोयो भने उसको चर्चा हुन्थ्यो । नछुनेले अर्को पटक अझै जोड लगाउने प्रण गर्थ्यो । तर, पिङको त्यो रोमाञ्चकता सधैँ सहज भने थिएन । कहिलेकाहीँ मच्चाउने क्रममा पिङ फर्कन्थ्यो । त्यतिबेला डर, होहल्ला र भागदौड एकैपटक हुन्थ्यो । अहिले सम्झिँदा जोखिमपूर्ण लाग्ने त्यस्ता क्षण पनि बाल्यकालको दशैँका अविस्मरणीय घटनामध्ये पर्छन् । हामीलाई त्यसबेला सावधानीभन्दा रमाइलो ठूलो लाग्थ्यो । पिङ खेल्न पाउनु नै जित थियो, अनि फुर्को छुन सक्नु त झन् ठूलो सफलता ।

कालेश्वरको गाउँले परिवेशमा दशैँ घरभित्र मात्रै सीमित चाड थिएन । छरछिमेकमा भेटघाट हुन्थ्यो, आफन्तका घरमा आउजाउ चल्थ्यो र गाउँका बाटाघाटा तथा बस्तीमा चाडको रौनक देखिन्थ्यो । वर्षभरि आआफ्नो काममा व्यस्त रहने मानिसहरू दशैँका बेला एकअर्कासँग भेट्ने, सुखदुःख साट्ने र पारिवारिक सम्बन्धलाई नवीकरण गर्ने अवसर पाउँथे । गाउँको जीवनमा त्यतिबेला साधनस्रोत सीमित थिए, तर आपसी सम्बन्ध र सामूहिक सहभागिताले चाडलाई विशेष बनाउँथे । आजको समयसँग तुलना गर्दा बाल्यकालको दशैँमा सुविधा कम थिए । चाहेका सबै कुरा सजिलै पाइँदैनथे । नयाँ लुगा, मिठो खानेकुरा, मामाघरको यात्रा र पिङको पालो हरेक कुराका लागि प्रतीक्षा गर्नुपर्थ्यो । तर, सायद त्यही प्रतीक्षाले खुसीलाई गहिरो बनाउँथ्यो । अहिले चाहेको कुरा तत्काल पाउन सकिन्छ, तर त्यसका लागि पहिले जस्तो लामो उत्सुकता र सामूहिक उमङ्ग सधैँ अनुभव हुँदैन ।

त्यतिबेलाको दशैँमा बुस्कोटको बगली ठूलो बनाउनुको अर्थ आज बुझ्दा त्यो चिउरा अटाउने ठाउँको कुरा रहेनछ । त्यो अभावबिच पनि खुसी खोज्ने बालमनको प्रतीक रहेछ । सुका मोहोरले हामीलाई सम्पन्न बनाउँदैनथे तर आफ्नै सानो संसारमा धनी भएको अनुभूति दिन्थे । मामाघर जान नपाउँदाको रिसले पारिवारिक माया कति गहिरो थियो भन्ने देखाउँथ्यो । पिङको फुर्को छुने होडले सानै कुरामा पनि सपना देख्ने र त्यसका लागि प्रयास गर्ने स्वभाव सिकाउँथ्यो ।

समयले हामीलाई बाल्यकालबाट टाढा ल्याएको छ । कालेश्वरको त्यो परिवेश, दशैँको प्रतीक्षा, ममीसँग मामाघर जान तँसकमसक गरेको क्षण, बुस्कोटको ठूलो बगली र पिङको फुर्को छुने प्रतिस्पर्धा अब सम्झनामा मात्र बाँकी छन् । तर, ती सम्झना पुराना भएर फिक्का भएका छैनन् । बरु उमेर बढ्दै जाँदा तिनको महत्त्व झन् बढेको छ । आज दशैँ आउँदा नयाँ लुगा र दक्षिणाको हिसाबभन्दा पहिले ती दिन सम्झन मन लाग्छ । मनले फेरि त्यही बाल्यकालमा फर्किन खोज्छ, जहाँ थोरै चिउराले बगली भरिन्थ्यो, सुका मोहोरले अनुहार उज्यालो हुन्थ्यो र मामाघर जान पाउनु संसारकै ठूलो खुसी लाग्थ्यो । सायद बाल्यकालको दशैँको सुन्दरता यही थियो-खुसीका लागि धेरै कुरा चाहिँदैनथे । एउटा ठूलो बगली, केही चिउरा, सुका मोहोर, मामाघर जाने रहर र गाउँको पिङ भए पुग्थ्यो । आज ती कुरा सम्झँदा लाग्छ, दशैँको वास्तविक सम्पत्ति हामीले त्यतिबेला पाएका चिउरा र मोहोर मात्र थिएनन् तीसँग गाँसिएका माया, प्रतीक्षा, सम्बन्ध र निष्कपट खुसी थिए । त्यही भएर आज पनि बाल्यकालको दशैँ सम्झिँदा मनले भन्छ-दक्षिणाभन्दा बगलीमा चिउरा थाप्न हतार हुने ती दिन नै कति सुन्दर थिए ! (फोटोः एआइ जेनेरेटेड)

The post बाल्यकालको दशैँ : दक्षिणाभन्दा बगलीको चिउरा प्यारो ! appeared first on मानव आवाज.

]]>
मोर्डन इरा टुर्स एण्ड ट्राभल्स १९औँ वर्षमा प्रवेश https://www.manavaawaj.com/modern-era-tours-travels-enters-its-19th-year/ Sat, 17 Oct 2026 13:46:21 +0000 https://www.manavaawaj.com/?p=15722 पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.द्वारा सञ्चालित मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले १९औँ स्थापना दिवस मनाएको छ । ‘हाम्रो साथ, सुरक्षित यात्रा, समृद्ध भविष्य’ भन्ने मूल नाराका साथ कम्पनीले २०८३ असोज ३० गते स्थापना दिवस मनाएको हो । पोखराबाट भारतको राजधानी नयाँदिल्लीसम्म यात्रु बस सेवा सञ्चालन गर्दै आएको कम्पनीले यात्रुको मागअनुसार काठमाडौं–दिल्ली ... Read more

The post मोर्डन इरा टुर्स एण्ड ट्राभल्स १९औँ वर्षमा प्रवेश appeared first on मानव आवाज.

]]>
पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.द्वारा सञ्चालित मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले १९औँ स्थापना दिवस मनाएको छ ।

‘हाम्रो साथ, सुरक्षित यात्रा, समृद्ध भविष्य’ भन्ने मूल नाराका साथ कम्पनीले २०८३ असोज ३० गते स्थापना दिवस मनाएको हो ।

पोखराबाट भारतको राजधानी नयाँदिल्लीसम्म यात्रु बस सेवा सञ्चालन गर्दै आएको कम्पनीले यात्रुको मागअनुसार काठमाडौं–दिल्ली बस सेवा पनि विस्तार गरेको छ ।

कम्पनीले उक्त सेवा सञ्चालनमा जगदम्बा कम्पनीसँग सहकार्य गरेको अध्यक्ष केशव अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि यातायात व्यवसायी महेश लामिछानेले यातायात क्षेत्रमा आफूले गरेको लगानी र प्राप्त सन्तुष्टिबारे चर्चा गर्दै धैर्य र अनुशासनका साथ काम गर्न सके सफलता हासिल गर्न सकिने बताउनुभयो ।

उहाँले आम्दानी गर्नु मात्रै ठूलो कुरा नभई कमाएको रकम जोगाउनु र आयव्ययको हिसाब व्यवस्थित राख्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

वि.सं. २०३७ सालमा पाँच हजार रुपियाँको पुँजीबाट यातायात व्यवसाय सुरु गरेको स्मरण गर्दै लामिछानेले पाँच दशकको व्यावसायिक यात्राबाट आफू सन्तुष्ट रहेको बताउनुभयो ।

आफ्ना समकालीन व्यवसायी मित्र स्वर्गीय द्रोणराज अधिकारीलाई गुमाउनुपर्दाको पीडा व्यक्त गर्दै उहाँले ७५ वर्षको उमेरमा स्वस्थ जीवन बिताइरहँदा पनि साथीको अभावले दुःख लागिरहने बताउनुभयो ।

कम्पनीका अध्यक्ष केशव अधिकारीले स्थापना कालदेखि नै नेतृत्व गर्दै आएको कम्पनीले आफ्नो कार्यकालमा व्यावसायिक सफलता र ख्याति हासिल गरेको बताउनुभयो ।

पोखरा-दिल्ली बस सेवा सफल भएपछि यात्रुको मागअनुसार काठमाडौं-दिल्ली सेवा सुरु गरिएको उहाँको भनाइ थियो ।

कम्पनीका संस्थापक सञ्चालक दामु अधिकारीले मोर्डन इरा टुर्स एण्ड ट्राभल्सको स्थापनादेखि वर्तमान अवस्थासम्मका उतारचढाव र उपलब्धिबारे जानकारी दिनुभयो ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका पूर्वअध्यक्ष योगेन्द्र केसीले लगानीको सुरक्षाको सुनिश्चितता चुनौतीपूर्ण भए पनि व्यवसायीले सुविधासम्पन्न यातायात सेवा विस्तारमा साहसिक लगानी गरिरहेको बताउनुभयो ।

कम्पनीका अध्यक्ष एनकुमार साईले मोर्डन इराले विद्यार्थी तथा बिरामीलाई यातायात सेवा प्रदान गरेर महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो ।

सञ्चारकर्मी रामकृष्ण ज्ञवालीले यातायात व्यवसायीले पछिल्ला वर्षमा सेवाको गुणस्तर सुधार गरेसँगै विगतमा लाग्ने गरेको सिन्डिकेटसम्बन्धी आरोप कमजोर हुँदै गएको बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय सचिव उमेश केसीले कम्पनीको सेवा र गुणस्तरमा आएको परिवर्तन प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारी दाताराम उपाध्याय र बलराम लामिछानेसहित चालक तथा सहचालकलाई नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

कम्पनीका सञ्चालक तथा अग्रज व्यवसायी गणेश शर्माको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन इन्जिनियर सुविधा शर्माले गर्नुभएको थियो ।

The post मोर्डन इरा टुर्स एण्ड ट्राभल्स १९औँ वर्षमा प्रवेश appeared first on मानव आवाज.

]]>
विन्ध्यवासिनी मन्दिरमा फूलपाती बढाइँ सम्पन्न https://www.manavaawaj.com/phulpati-badhai-ceremony-concludes-at-vindhyavasini-temple/ Sat, 17 Oct 2026 12:19:59 +0000 https://www.manavaawaj.com/?p=15711 पोखरा । विजया दशमीको सातौँ दिन फूलपातीका अवसरमा पोखरास्थित प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २०८३ असोज ३१ गते फूलपाती बढाइँ सम्पन्न भएको छ । चिप्लेढुङ्गाबाट सैनिक ब्याण्ड र बाजागाजासहित सुरु भएको फूलपाती बढाइँमा विभिन्न कोटघरबाट ल्याइएका फूलपातीका लावालस्करले बजार परिक्रमा गर्दै विन्ध्यवासिनी मन्दिर पुगेका थिए । फूलपाती भित्र्याउने क्रममा मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो भने स्थानीयले ... Read more

The post विन्ध्यवासिनी मन्दिरमा फूलपाती बढाइँ सम्पन्न appeared first on मानव आवाज.

]]>
पोखरा । विजया दशमीको सातौँ दिन फूलपातीका अवसरमा पोखरास्थित प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २०८३ असोज ३१ गते फूलपाती बढाइँ सम्पन्न भएको छ ।

चिप्लेढुङ्गाबाट सैनिक ब्याण्ड र बाजागाजासहित सुरु भएको फूलपाती बढाइँमा विभिन्न कोटघरबाट ल्याइएका फूलपातीका लावालस्करले बजार परिक्रमा गर्दै विन्ध्यवासिनी मन्दिर पुगेका थिए ।

फूलपाती भित्र्याउने क्रममा मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो भने स्थानीयले ठाउँठाउँमा जलघडा राखेर स्वागत गरेका थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाली सेनाको फूलबारी ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की र सशस्त्र प्रहरी बल नेपाल, कालिका गणका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर सिंहले मन्दिरमा पूजाआजा गर्नुभएको थियो । सो अवसरमा सुरक्षा निकायका तर्फबाट नवदुर्गा भगवतीलाई सलामीसमेत अर्पण गरिएको थियो ।

फूलबारी ब्यारेकका प्रमुख सेनानी पुडासैनीले विन्ध्यवासिनी मन्दिरमा भित्र्याइएको फूलपाती यस क्षेत्रका विभिन्न ब्यारेकमा स्थापना गरिएका दसैँघरमा पुनः भित्र्याउने परम्परा रहेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक कार्कीले पनि मन्दिरमा भित्र्याइएको फूलपाती आफ्नो दसैँघरमा पुनः भित्र्याउने परम्परालाई करिब एक सय वर्षदेखि निरन्तरता दिँदै आएको बताउनुभयो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि महानवमीसम्म सञ्चालन गरिरहेको विन्ध्यवासिनी नवदुर्गा महोत्सवअन्तर्गत श्रीमद्भागवत ज्ञानमहायज्ञसमेत सञ्चालन भइरहेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवान र सर्वसाधारणको सहभागिता रहेको थियो ।

The post विन्ध्यवासिनी मन्दिरमा फूलपाती बढाइँ सम्पन्न appeared first on मानव आवाज.

]]>
सिन्धुलीका रक्तमाला र कालिमाई मन्दिरमा फूलपाती भित्र्याइयो https://www.manavaawaj.com/phulpati-was-brought-into-the-raktamala-and-kalimai-temples-in-sindhuli/ Sat, 17 Oct 2026 11:49:00 +0000 https://www.manavaawaj.com/?p=15730 सिन्धुली । कमलामाई नगरपालिका-४, ढकालगाउँस्थित रक्तमाला मन्दिरमा फूलपाती बढाइँ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । २०८३ असोज ३१ गते शनिबार फूलपातीका दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा भक्तजनहरूको उल्लासमय उपस्थितिमा फूलपाती परिक्रमा गराई भव्य समारोहबिच संयुक्त सलामी अर्पणसहित फूलपाती भित्र्याइएको हो । रक्तमाला मन्दिर संरक्षण समितिको आयोजनामा सम्पन्न कार्यक्रममा ... Read more

The post सिन्धुलीका रक्तमाला र कालिमाई मन्दिरमा फूलपाती भित्र्याइयो appeared first on मानव आवाज.

]]>
सिन्धुली । कमलामाई नगरपालिका-४, ढकालगाउँस्थित रक्तमाला मन्दिरमा फूलपाती बढाइँ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

२०८३ असोज ३१ गते शनिबार फूलपातीका दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा भक्तजनहरूको उल्लासमय उपस्थितिमा फूलपाती परिक्रमा गराई भव्य समारोहबिच संयुक्त सलामी अर्पणसहित फूलपाती भित्र्याइएको हो ।

रक्तमाला मन्दिर संरक्षण समितिको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेशका १३ जिल्लाका १ सय १९ ओटै स्थानीय तहमा रहेका जीर्ण मठमन्दिरको पुनर्निर्माण, संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्व उजागर गर्न संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत हरेक वर्ष बजेट छुट्याउने गरिएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री थापाले भौगोलिक हिसाबले बागमती प्रदेशकै ठूलो जिल्लामध्ये एक सिन्धुलीको विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

विभिन्न राजमार्गसँग जोडिएको सिन्धुलीले कृषि, पर्यटन तथा भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको उल्लेख गर्दै उहाँले जिल्लाको समग्र विकास र समृद्धिका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबिच, कमलामाई नगरपालिका-५, मधुटारस्थित कालिमाई मन्दिरमा पनि सलामी अर्पणसहित फूलपाती भित्र्याइएको छ ।

दुवै मन्दिरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रमले दशैँको उत्सवमय वातावरणलाई थप उल्लासपूर्ण बनाएको छ ।

The post सिन्धुलीका रक्तमाला र कालिमाई मन्दिरमा फूलपाती भित्र्याइयो appeared first on मानव आवाज.

]]>
रेसुङ्गा-७ को समृद्धिका लागि अभियन्ता पन्थीको प्रतिबद्धता https://www.manavaawaj.com/campaigner-panthis-commitment-to-the-prosperity-of-resunga-7/ Sat, 17 Oct 2026 08:33:33 +0000 https://www.manavaawaj.com/?p=15708 गुल्मी । रेसुङ्गा नगरपालिका-७ का सामाजिक अभियन्ता गणेश पन्थी (गोपाल) ले सुशासन, पारदर्शिता र समावेशी विकासलाई प्राथमिकतामा राख्दै नगरको समृद्धिका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लामो समयदेखि व्यवसाय, जनसेवा र सामाजिक अभियानमा सक्रिय रहँदै आउनुभएका पन्थीले स्थानीय आवश्यकता सम्बोधन गर्दै रेसुङ्गाको विकासमा योगदान गर्ने संकल्प व्यक्त गर्नुभएको हो । समुदायका परम्परा, संस्कृति, चाडपर्व ... Read more

The post रेसुङ्गा-७ को समृद्धिका लागि अभियन्ता पन्थीको प्रतिबद्धता appeared first on मानव आवाज.

]]>
गुल्मी । रेसुङ्गा नगरपालिका-७ का सामाजिक अभियन्ता गणेश पन्थी (गोपाल) ले सुशासन, पारदर्शिता र समावेशी विकासलाई प्राथमिकतामा राख्दै नगरको समृद्धिका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

लामो समयदेखि व्यवसाय, जनसेवा र सामाजिक अभियानमा सक्रिय रहँदै आउनुभएका पन्थीले स्थानीय आवश्यकता सम्बोधन गर्दै रेसुङ्गाको विकासमा योगदान गर्ने संकल्प व्यक्त गर्नुभएको हो ।

समुदायका परम्परा, संस्कृति, चाडपर्व तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका पन्थीले सामाजिक सद्भाव, सहकार्य र एकता प्रवर्द्धनमा जोड दिँदै आउनुभएको छ। राजनीतिक सीमाभन्दा माथि उठेर सबै समुदायलाई समान सम्मान र अवसर प्रदान गर्नु नै समावेशी नेतृत्वको पहिचान भएको उहाँको धारणा छ।

सुशासन र भ्रष्टाचार नियन्त्रणमा जोड

स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता कायम गर्नु आफ्नो प्रमुख प्राथमिकता हुने पन्थीले बताउनुभएको छ।

“जनताले बुझाएको करको सही उपयोग हुनुपर्छ। नगरपालिकाको बजेट र योजनामा पूर्ण पारदर्शिता, जबाफदेहिता र सुशासन कायम नगरी वास्तविक विकास सम्भव छैन ।”-उहाँले भन्नुभयो ।

उहाँले स्थानीय तहमा हुने अनियमितता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

कृषियोग्य जमिनको खण्डीकरण, किसानले उत्पादन गरेका तरकारीको बजार तथा उचित मूल्य, युवा स्वरोजगार र महिला सशक्तीकरणलगायतका स्थानीय मुद्दामा पनि पन्थीले सार्वजनिक रूपमा आवाज उठाउँदै आउनुभएको छ ।

विपद्का समयमा राहत तथा सहयोग जुटाउने, सामाजिक र धार्मिक अभियानमा सहकार्य गर्ने तथा समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग गर्ने कार्यमा समेत उहाँको सक्रियता देखिँदै आएको छ ।

कृषि, पर्यटनदेखि युवा स्वरोजगारसम्म प्राथमिकता

रेसुङ्गा नगरपालिकाको समग्र विकासका लागि पन्थीले पारदर्शी र भ्रष्टाचारमुक्त प्रशासन, दिगो पूर्वाधार, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, युवा स्वरोजगार, कृषि र पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राख्नुभएको छ ।

नागरिक बडापत्रको प्रभावकारी कार्यान्वयन, डिजिटल सेवा प्रवाह तथा विकास योजनाको सार्वजनिक लेखापरीक्षणमार्फत स्थानीय सरकारलाई थप जवाफदेही बनाउनुपर्ने उहाँको धारणा छ ।

गुणस्तरीय सडक, खानेपानी, सरसफाइ र वातावरणीय सन्तुलन कायम गर्दै व्यवस्थित बस्ती विकास गर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने तथा सर्वसाधारणको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने विषयलाई पनि उहाँले महत्त्व दिनुभएको छ ।

स्थानीय स्रोतसाधनको सदुपयोग गरी युवाका लागि रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा उहाँको जोड छ ।

ऐतिहासिक रेसुङ्गा क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धनसँगै स्थानीय किसानका उत्पादनका लागि उपयुक्त बजार र उचित मूल्यको व्यवस्था गर्न पहल गर्ने उहाँले बताउनुभएको छ ।

साथै, व्यवस्थित र सुरक्षित बस्ती निर्माण तथा स्थानीय पूर्वाधारको समुचित विकासमा अगुवाइ गर्ने उहाँको योजना छ ।

नयाँ सोचसहित समृद्धिको संकल्प

रेसुङ्गा नगरपालिका-७ बाट सुरु हुने विकासको अभियानलाई समग्र नगरको समृद्धिसँग जोड्नुपर्ने धारणा राख्दै पन्थीले स्थानीय बासिन्दा, युवा, बुद्धिजीवी तथा सबै समुदायलाई साझा विकास अभियानमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

“हामीलाई कुरा होइन, काम गर्ने स्पष्ट दृष्टिकोण र इमानदार नेतृत्व चाहिएको छ । रेसुङ्गाको माटो, यहाँका नागरिकको भावना र आवश्यकतालाई नजिकबाट बुझेको छु । अब पुरानै परिपाटीबाट होइन, नयाँ सोच र दृढ संकल्पका साथ निर्धक्क भएर समृद्धिको यात्रामा अघि बढ्ने समय आएको छ ।”-उहाँले भन्नुभयो ।

समाजलाई आवश्यक परेको समयमा अग्रसर हुने, समुदायलाई सङ्गठित गर्ने र समस्यामा परेकालाई सहयोग गर्ने कार्य नै सामाजिक नेतृत्वको वास्तविक पहिचान भएको पन्थीको धारणा छ ।

सुशासन, जनउत्तरदायित्व र समावेशी विकासलाई केन्द्रमा राखेर अघि बढ्ने उहाँको प्रतिबद्धताले रेसुङ्गा नगरपालिका- ७ सहित समग्र नगरको विकाससम्बन्धी बहसलाई थप गति दिने अपेक्षा गरिएको छ ।

The post रेसुङ्गा-७ को समृद्धिका लागि अभियन्ता पन्थीको प्रतिबद्धता appeared first on मानव आवाज.

]]>