मानव आवाज https://www.manavaawaj.com/ तथ्य, तर्क र परिवर्तनको आवाज Sun, 06 Sep 2026 07:36:55 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1 https://www.manavaawaj.com/wp-content/uploads/2025/03/cropped-New-Logo-32x32.png मानव आवाज https://www.manavaawaj.com/ 32 32 शनिबार लाग्ने हाटबजारमा बढ्दै राँगापाडाको कारोबार https://www.manavaawaj.com/rangapada-business-increasing-at-saturday-market/ Sun, 06 Sep 2026 07:34:01 +0000 https://www.manavaawaj.com/?p=14465 सिन्धुली । विगतमा ठूला बजारमा मात्रै सीमित रहेको राँगापाडाको किनबेच पछिल्लो समय सिन्धुलीको शनिबार हाटबजारमै हुन थालेपछि स्थानीय पशुपालक किसानलाई सहज भएको छ । शनिबार लाग्ने हाटबजारमा राँगा तथा पाडाको प्रत्यक्ष बिक्रीवितरण हुन थालेपछि किसानले आफ्नो पशुको उचित मूल्य पाउनुका साथै पशुपालनबाट आम्दानी बढाउन थालेका छन् । बिचौलियाको प्रभाव घटाउँदै खुला तथा पारदर्शी रूपमा पशुको ... Read more

The post शनिबार लाग्ने हाटबजारमा बढ्दै राँगापाडाको कारोबार appeared first on मानव आवाज.

]]>
सिन्धुली । विगतमा ठूला बजारमा मात्रै सीमित रहेको राँगापाडाको किनबेच पछिल्लो समय सिन्धुलीको शनिबार हाटबजारमै हुन थालेपछि स्थानीय पशुपालक किसानलाई सहज भएको छ ।

शनिबार लाग्ने हाटबजारमा राँगा तथा पाडाको प्रत्यक्ष बिक्रीवितरण हुन थालेपछि किसानले आफ्नो पशुको उचित मूल्य पाउनुका साथै पशुपालनबाट आम्दानी बढाउन थालेका छन् ।

बिचौलियाको प्रभाव घटाउँदै खुला तथा पारदर्शी रूपमा पशुको खरिदबिक्री हुन थालेपछि किसान र वास्तविक व्यापारीबिच प्रत्यक्ष सम्पर्कसमेत स्थापित भएको छ ।

विगतमा गाउँघरमै पुग्ने बिचौलियाले किसानको बजारसम्बन्धी जानकारीको अभावको फाइदा उठाउँदै राँगापाडा कम मूल्यमा खरिद गर्ने र बजारमा लगेर बढी मुनाफा कमाउने अवस्था थियो ।

अहिले स्थानीय हाटबजारमै पशु बिक्री गर्ने व्यवस्था भएपछि किसानले अन्य व्यापारी तथा ग्राहकसँग मूल्य तुलना गर्दै मोलमोलाइ गर्न पाएका छन् ।

स्थानीय तह तथा हाटबजार व्यवस्थापन समितिले पशुको स्वास्थ्य परीक्षण, नापतौल तथा सुरक्षित कारोबारका लागि सहजीकरण गर्दै आएका छन् ।

यसले पशुको कारोबारलाई थप व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुगेको किसानहरूको भनाइ छ ।

हाटबजारमा राँगापाडाको कारोबार बढ्दै गएसँगै पशुपालनलाई व्यावसायिक रूपमा अघि बढाउन किसानसमेत प्रोत्साहित भएका छन् ।

पशु बिक्रीबाट किसानको हातमा सोझै नगद आउने भएकाले घरायसी खर्च व्यवस्थापन गर्न तथा पुनः नयाँ बाच्छापाडा खरिद गरी पालनपोषण गर्न सहज भएको छ ।

राँगापाडाको स्थानीय हाटबजारमा हुने प्रत्यक्ष कारोबारले किसानको आम्दानी बढाउनुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र पशुपालनलाई आयआर्जनको भरपर्दो माध्यमका रूपमा विकास गर्न योगदान पुर्‍याएको छ ।

The post शनिबार लाग्ने हाटबजारमा बढ्दै राँगापाडाको कारोबार appeared first on मानव आवाज.

]]>
स्वास्थ्य सेवा सुधारका लागि मरिणमा दुईदिने समीक्षा तथा योजना तर्जुमा https://www.manavaawaj.com/two-day-review-and-planning-session-in-marin-to-improve-healthcare-services/ Sun, 06 Sep 2026 07:24:42 +0000 https://www.manavaawaj.com/?p=14462 सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रम तथा स्वास्थ्य सेवा प्रवाहको वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको योजना तर्जुमा गरेको छ । २०८३ भदौ १९ र २० गते दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धि, सेवा प्रवाहको अवस्था, चुनौती ... Read more

The post स्वास्थ्य सेवा सुधारका लागि मरिणमा दुईदिने समीक्षा तथा योजना तर्जुमा appeared first on मानव आवाज.

]]>
सिन्धुली सिन्धुलीको मरिण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रम तथा स्वास्थ्य सेवा प्रवाहको वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको योजना तर्जुमा गरेको छ ।

२०८३ भदौ १९ र २० गते दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धि, सेवा प्रवाहको अवस्था, चुनौती तथा सुधार गर्नुपर्ने पक्षका विषयमा समीक्षा गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान, उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेललगायत स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा गाउँपालिकाका नागरिकलाई थप प्रभावकारी, गुणस्तरीय, पहुँचयोग्य तथा नागरिकमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आगामी आर्थिक वर्षका प्राथमिकता, योजना तथा कार्यक्रमबारे छलफल गरिएको उपाध्यक्ष बिमला माझीले बताउनुभयो ।

स्वास्थ्य सूचक, सेवा प्रवाह र कार्यसम्पादनका आधारमा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाको मूल्याङ्कनसमेत गरिएको थियो ।

मूल्याङ्कनमा मरिण आधारभूत अस्पताल प्रथम, आधारभूत स्वास्थ्य केन्द्र जयमङ्गल द्वितीय तथा कल्पवृक्ष स्वास्थ्य चौकी र बरुण स्वास्थ्य इकाई तृतीय भएका छन् ।

उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थालाई कार्यक्रममा सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख मधु लाखेले स्वास्थ्य सेवाको समग्र सुधार, गुणस्तरीय सेवा सुनिश्चितता तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन वार्षिक समीक्षा र योजना तर्जुमा कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।

The post स्वास्थ्य सेवा सुधारका लागि मरिणमा दुईदिने समीक्षा तथा योजना तर्जुमा appeared first on मानव आवाज.

]]>
कात्तिक १४ गतेलाई तोकियो ‘कास्की आइडल सिजन-२’ https://www.manavaawaj.com/kaski-idol-season-2-set-for-kartik-14/ Sun, 06 Sep 2026 01:49:36 +0000 https://www.manavaawaj.com/?p=14458 पोखरा । कास्की जिल्लामा लुकेर रहेका नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले ‘कास्की आइडल सिजन-२’ आयोजना हुने भएको छ । साँझ क्रियसन्स प्रालिको आयोजनामा प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २०८३ कात्तिक १४ गते पोखरा सभागृह हलमा हुने आयोजकले जनाएको छ । आयोजकले २०८३ भदौ २० गते पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ... Read more

The post कात्तिक १४ गतेलाई तोकियो ‘कास्की आइडल सिजन-२’ appeared first on मानव आवाज.

]]>
पोखरा । कास्की जिल्लामा लुकेर रहेका नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले ‘कास्की आइडल सिजन-२’ आयोजना हुने भएको छ ।

साँझ क्रियसन्स प्रालिको आयोजनामा प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २०८३ कात्तिक १४ गते पोखरा सभागृह हलमा हुने आयोजकले जनाएको छ ।

आयोजकले २०८३ भदौ २० गते पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष झलककुमार गुरुङले कास्की जिल्लासहित नेपालका विभिन्न भेग तथा आसपासका क्षेत्रमा ओझेलमा परेका प्रतिभालाई खोजी गरी स्थापित गराउने उद्देश्यले प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागिएको बताउनुभयो ।

कार्यक्रम संयोजक आदर्श पोखरेलले प्रतियोगितामार्फत विशेषगरी गायन र नृत्य क्षेत्रमा रहेका प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न चरणका छनोट तथा ‘एलिमिनेसन राउन्ड’ सञ्चालन गरिनेछ र प्रतियोगितामा कुल ६ राउन्ड रहनेछन् ।

अध्यक्ष गुरुङले पहिलो संस्करणबाट प्राप्त अनुभवका आधारमा दोस्रो संस्करण आयोजना गर्न लागिएको बताउनुभयो ।

प्रतियोगिताले प्रतिभाशाली गायकगायिका तथा नृत्यकारलाई अवसर दिनुका साथै नेपाली सङ्गीत तथा सांस्कृतिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासमा योगदान पुर्‍याउने उहाँको भनाइ छ ।

प्रतियोगिताको भोटिङ प्रणालीबारे गुरुङले प्रतियोगीलाई अनावश्यक दबाब नदिइने दाबी गर्नुभयो ।

“प्रतियोगीलाई भोटका लागि प्रेसर दिइने छैन, प्रतिभाका आधारमा उत्कृष्ट छनोट गर्ने वातावरण बनाइनेछ ।”-उहाँले भन्नुभयो । स्वस्थ प्रतिस्पर्धामार्फत अब्बल कलाकार उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रतियोगितामार्फत युवालाई सिर्जनात्मक तथा सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने र प्रतिभावान् कलाकारलाई गायन, अभिनय तथा नृत्यलगायतका क्षेत्रमा अघि बढ्न आवश्यक अवसर तथा प्रेरणा प्रदान गर्ने उद्देश्यसमेत राखिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताबाट १५ लाख २५ हजार रुपियाँ आम्दानी तथा १४ लाख ३० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताबाट ९५ हजार रुपियाँ बचत हुने र उक्त रकम लुकेका प्रतिभालाई गीत तथा म्युजिक भिडियो निर्माणलगायतका अवसर प्रदान गर्न प्रयोग गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन २०८३ भदौ २७ गते गरिनेछ । इच्छुक प्रतियोगीले सोही मितिसम्म आवेदन तथा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ ।

गायन र नृत्य दुवै विधामा प्रथम हुनेले ६० हजार रुपियाँ नगदसहित शिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले ४० हजार रुपियाँ नगदसहित शिल्ड र प्रमाणपत्र तथा तृतीय हुनेले २० हजार रुपियाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट १० मा पर्न सफल प्रतियोगीलाई प्रोत्साहनस्वरूप राष्ट्रिय गीतमा अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सफलताको शुभकामना दिँदै गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष तथा प्राज्ञ अनुराग अधिकारीले नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

वैज्ञानिक तथा कलाकार डा. निरञ्जन कोइरालाले पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा अझ व्यापक सहभागिता हुने अपेक्षा व्यक्त गर्दै प्रतियोगिताले नयाँ कलाकारलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने बताउनुभयो ।

प्रतियोगितामा गायनतर्फ खेम लामा, करण तामाङ, सुजित क्षेत्री, उषा गुरुङ र प्रशान्त तामाङ निर्णायक रहनुहुने जनाइएको छ ।  

नृत्यतर्फ उपेन्द्र गुरुङ, पुष्कर श्रेष्ठ, सुजित गुरुङ, पूजा गुरुङ, कविता पौडेल, दीपक परियार र सरिता दानकुटी निर्णायक रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मूल्याङ्कनमा निर्णायकको ४० प्रतिशत, भोटिङको ४० प्रतिशत र दर्शकको २० प्रतिशत अङ्कभार रहनेछ । यसरी कुल १०० अङ्कका आधारमा प्रतियोगीको मूल्याङ्कन गरिने आयोजकले जनाएको छ ।

The post कात्तिक १४ गतेलाई तोकियो ‘कास्की आइडल सिजन-२’ appeared first on मानव आवाज.

]]>
कृष्णप्रसाद पाण्डेको नेतृत्वमा कर्मफ्लाइट्स फाउण्डेसन https://www.manavaawaj.com/karmaflights-foundation-on-the-shoulders-of-krishna-prasad-pandey/ Sat, 05 Sep 2026 14:52:33 +0000 https://www.manavaawaj.com/?p=14454 पोखरा । पोखरा महानगरपालिका-६, बङ्गलादीमा सामाजिक क्षेत्रमा क्रियाशील कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संस्थाको आगामी तीन वर्षे कार्यकालका लागि २०८३ भदौ २० गते सम्पन्न अधिवेशनबाट पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । निर्वाचन अधिकृत शिवलाल धितालका अनुसार उपाध्यक्षमा शिव ... Read more

The post कृष्णप्रसाद पाण्डेको नेतृत्वमा कर्मफ्लाइट्स फाउण्डेसन appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरा महानगरपालिका-६, बङ्गलादीमा सामाजिक क्षेत्रमा क्रियाशील कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

संस्थाको आगामी तीन वर्षे कार्यकालका लागि २०८३ भदौ २० गते सम्पन्न अधिवेशनबाट पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद पाण्डे

निर्वाचन अधिकृत शिवलाल धितालका अनुसार उपाध्यक्षमा शिव थापा, सचिवमा कुलप्रसाद अधिकारी, कोषाध्यक्षमा रेनुका कार्की र सहसचिवमा अप्सरा केसी निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरूमा उमेशचन्द्र देवकोटा, कृष्ण पोखरेल, शोभित ठकुरी, सुरेश नेपाली, आदित्य चन्द र शेषकान्त शर्मा चयन हुनुभएको छ । निर्वतमान अध्यक्ष शर्मिला शर्मा भने पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले संस्थाको उद्देश्य र लक्ष्यअनुसार आगामी दिनमा सबै सदस्यको समन्वय, सहकार्य र सक्रिय सहभागिताका साथ संस्थाका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबिच कार्यक्रममा मेडिहव फार्मास्यूटिकल्सका प्रबन्ध निर्देशक श्रीधर खनालले ५० हजार रुपियाँ बराबरको प्राथमिक उपचार (फस्ट एड) सामग्री हस्तान्तरण गर्नुभएको छ ।

स्वास्थ्य सामग्री कर्मफ्लाइट्स फाउण्डेसन नेपालका स्वास्थ्य उपसमिति संयोजक कृष्णप्रसाद पाण्डेमार्फत झमबहादुर कुँवरलाई हस्तान्तरण गरिएको हो ।

फाउण्डेसनका अनुसार उक्त स्वास्थ्य सामग्री बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका विभिन्न विद्यालयमा वितरण गरिनेछ ।

साधारणसभामा सिटी प्याथ ल्याब प्रालि पोखरा महानगरपालिका-५ प्रस्याङ सुगर र कोलेस्ट्रोल चेकअप र मेडिप्लस अस्पतालबाट ६० जनाको नि:शुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

The post कृष्णप्रसाद पाण्डेको नेतृत्वमा कर्मफ्लाइट्स फाउण्डेसन appeared first on मानव आवाज.

]]>
रसुवा बाढी प्रभावितलाई सहयोगार्थ ललितपुरमा रक्तदान, ३५ जनाले दिए रगत https://www.manavaawaj.com/35-people-donated-blood/ Sat, 05 Sep 2026 14:11:15 +0000 https://www.manavaawaj.com/?p=14448 ललितपुर । रसुवा, नुवाकोटलगायत भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित घाइते तथा बिरामीलाई पर्नसक्ने रगत अभावलाई मध्यनजर गर्दै ललितपुरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, ललितपुर जिल्ला कार्यसमितिको आयोजनामा २०८३ भदौ २० गते चापागाउँस्थित प्रतिष्ठानको कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानले सोही दिन ... Read more

The post रसुवा बाढी प्रभावितलाई सहयोगार्थ ललितपुरमा रक्तदान, ३५ जनाले दिए रगत appeared first on मानव आवाज.

]]>
ललितपुर । रसुवा, नुवाकोटलगायत भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित घाइते तथा बिरामीलाई पर्नसक्ने रगत अभावलाई मध्यनजर गर्दै ललितपुरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, ललितपुर जिल्ला कार्यसमितिको आयोजनामा २०८३ भदौ २० गते चापागाउँस्थित प्रतिष्ठानको कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिष्ठानले सोही दिन हरितालिका तीज विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरे पनि भदौ १० गते आएको विनाशकारी बाढीबाट उत्पन्न राष्ट्रिय विपत्तिलाई मध्यनजर गर्दै तीज कार्यक्रम स्थगित गरी रक्तदान आयोजना गरेको प्रतिष्ठान ललितपुरका अध्यक्ष मिठाराम केसीले बताउनुभयो ।

उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका क्रममा रगतको आवश्यकता पर्नसक्ने भएकाले मानवीय सहयोगस्वरूप रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला कार्यसमितिको तर्फबाट प्रतिष्ठानको केन्द्रीय समितिमार्फत बाढीपीडितका लागि नगद आर्थिक सहयोगसमेत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

बाढीमा परी लोक तथा दोहोरीगीत प्रतिष्ठान रसुवाका निवर्तमान अध्यक्ष राजमुमार मगर, बागमती प्रदेश समितिकी कार्यसमिति सदस्य तथा नुवाकोटकी निवर्तमान अध्यक्ष चन्द्रकुमारी बस्नेत (बिमला) र उहाँका पति रामकुमार बस्नेतको समेत निधन भएको प्रतिष्ठानले जनाएको छ ।

रक्तदान कार्यक्रममा कान्तिपुर रक्तसञ्चार सेवा, तीनकुनेको प्राविधिक सहयोग रहेको थियो । प्रतिष्ठानले बाढी तथा त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्यजन्य जोखिमलाई ध्यानमा राख्दै सामाजिक तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

The post रसुवा बाढी प्रभावितलाई सहयोगार्थ ललितपुरमा रक्तदान, ३५ जनाले दिए रगत appeared first on मानव आवाज.

]]>
गौमती माध्यमिक विद्यालयद्वारा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक https://www.manavaawaj.com/gaumati-secondary-school-makes-policy-program-and-budget-public/ Sat, 05 Sep 2026 13:35:57 +0000 https://www.manavaawaj.com/?p=14445 सिन्धुली । कमलामाई नगरपालिका-६, माढी बजारस्थित गौमती माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि ७ करोड ७७ लाख १ हजार २ सय ३४ रुपियाँ बराबरको अनुमानित बजेटसहित वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर घिसिङको अध्यक्षता तथा कमलामाई नगरपालिका-६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाको प्रमुख आतिथ्यतामा भदौ १९ ... Read more

The post गौमती माध्यमिक विद्यालयद्वारा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक appeared first on मानव आवाज.

]]>
सिन्धुली कमलामाई नगरपालिका-६, माढी बजारस्थित गौमती माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि ७ करोड ७७ लाख १ हजार २ सय ३४ रुपियाँ बराबरको अनुमानित बजेटसहित वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर घिसिङको अध्यक्षता तथा कमलामाई नगरपालिका-६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाको प्रमुख आतिथ्यतामा भदौ १९ गते आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपककुमार बुढाथोकीले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयले आगामी आर्थिक वर्षमा शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री सिकाइ र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको छ ।

प्रधानाध्यापक बुढाथोकीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गुणस्तरीय, प्रविधिमैत्री र व्यावहारिक शिक्षालाई विद्यालयको मुख्य मार्गचित्रका रूपमा अघि सारिएको उल्लेख छ ।

नीति तथा कार्यक्रममा शिक्षक तथा कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम प्रदान गर्ने, कम्तीमा थप तीन ओटा स्मार्ट बोर्ड जडान गर्ने, विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तथा कमजोर विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन गर्ने योजना समेटिएको छ । त्यस्तै, प्रत्येक शिक्षकलाई ‘कक्षा हेरालो’ (मेन्टोर शिक्षक) को जिम्मेवारी दिने नीति पनि लिइएको छ ।

भौतिक पूर्वाधारतर्फ विद्यार्थीको चाप अत्यधिक रहेकाले ३० कोठे सुविधासम्पन्न भवन निर्माणका लागि भारतीय दूतावाससमक्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पेस गर्ने योजना विद्यालयले अघि सारेको छ ।

छात्रावास निर्माण, खेलमैदान विस्तार, सरस्वती मन्दिर निर्माण सम्पन्न गर्ने तथा बालविकास केन्द्र (ईसीडी) का लागि छुट्टै खेल उद्यान निर्माण गर्ने कार्यक्रम पनि समेटिएको छ ।

विद्यालयले सीपमूलक तथा आयआर्जनसँग जोडिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ। हाल सञ्चालनमा रहेको गणित विषयका शैक्षिक सामग्री उत्पादन गर्ने कारखाना र कपाल काट्ने सीप विकास तालिमलाई निरन्तरता दिँदै इन्जिनियरिङ, वायरिङ, प्लम्बिङ तथा मोबाइल मर्मतसम्बन्धी तालिम सञ्चालन गर्ने नीति लिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिसिङले जानकारी दिनुभयो ।

विद्यालयले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल बजेटमध्ये सङ्घीय सरकारबाट ससर्त अनुदानमार्फत ५ करोड १ लाख ९ हजार रुपियाँ, कमलामाई नगरपालिकाबाट १८ लाख रुपियाँ, अभिभावक सहयोगबाट २ करोड ९ लाख रुपियाँ, अघिल्लो वर्षको मौज्दातबाट १४ लाख २२ हजार २ सय ३७ रुपियाँ तथा विद्यालय बस र अन्य आन्तरिक स्रोतबाट आम्दानी हुने अनुमान गरेको छ ।

खर्चतर्फ सरकारी अनुदानबाट शिक्षक तथा कर्मचारीको तलबभत्ताका लागि ४ करोड रुपियाँ, निजी स्रोतका शिक्षक तथा कर्मचारीका लागि ७६ लाख रुपियाँ, विज्ञान प्रवर्धन कार्यक्रमका लागि ४५ लाख रुपियाँ, विद्यालय बस सञ्चालन तथा मर्मतका लागि २५ लाख रुपियाँ, परीक्षा तथा मूल्याङ्कनका लागि १३ लाख रुपियाँ र दिवा खाजाका लागि १३ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ ।

त्यस्तै, कार्यसम्पन्न भई भुक्तानी हुन बाँकी दायित्वका लागि २७ लाख ७ हजार ७ सय १५ रुपियाँ विनियोजन गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा वडा अध्यक्ष उज्ज्वल कुमार थापाले विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक समन्वय, सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर घिसिङले विद्यालयको विकासका लागि व्यवस्थापन समिति, शिक्षक, अभिभावक, समुदाय र स्थानीय सरकारबीचको साझा सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

शिक्षकअभिभावक सङ्घका अध्यक्ष सुरदबहादुर स्याङ्तानले घर र विद्यालयबिचको निरन्तर संवादबाट मात्रै बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

वि.सं. २०२४ सालमा स्थापना भएको गौमती माध्यमिक विद्यालयमा हाल २ हजार १ सय ८ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले पछिल्लो पाँच वर्षदेखि जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्दै आएको जनाएको छ ।

पछिल्लो माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयका दुई जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेका थिए ।

The post गौमती माध्यमिक विद्यालयद्वारा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक appeared first on मानव आवाज.

]]>
कर्मफ्लाइट्स फाउण्डेसन नेपालको साधारणसभा तथा अधिवेशन सम्पन्न https://www.manavaawaj.com/karmaflights-foundation-nepal-general-assembly-and-convention/ Sat, 05 Sep 2026 12:55:55 +0000 https://www.manavaawaj.com/?p=14441 पोखरा । दुर्गम तथा पछाडि पारिएका क्षेत्रका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले सक्रिय कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका-६, बङ्गलादीमा रहेको फाउण्डेसनको अधिवेशन २०८३ भदौ २० गते नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले सामाजिक संस्थाहरूले शिक्षा, ... Read more

The post कर्मफ्लाइट्स फाउण्डेसन नेपालको साधारणसभा तथा अधिवेशन सम्पन्न appeared first on मानव आवाज.

]]>
पोखरा । दुर्गम तथा पछाडि पारिएका क्षेत्रका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले सक्रिय कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन पोखरामा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका-६, बङ्गलादीमा रहेको फाउण्डेसनको अधिवेशन २०८३ भदौ २० गते नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले सामाजिक संस्थाहरूले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले फाउण्डेसनले विद्यालय शैक्षिक सुधार, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार, खानेपानी तथा सरसफाइ र स्वास्थ्यलगायतका क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभयो ।

फाउण्डेसनका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले यस अवधिमा संस्थाले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) शिक्षक तालिम, आईसीटी कम्प्युटर ल्याब स्थापना, ‘एक विद्यालय एक पुस्तकालय’ कार्यक्रम, विद्यार्थीलाई न्यानो ज्याकेट, जुत्तामोजा तथा स्टेशनरी वितरण, छात्रवृत्ति, स्वास्थ्य शिविर, बर्थिङ सेन्टर, आईसीयू नर्सिङ तालिमलगायतका कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

त्यसैगरी पर्वतीय विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम, पोषण सूचना कर्नर, सामुदायिक स्वास्थ्य दिगोपना कोष स्थापना, अत्यावश्यक औषधि सहयोग, स्यानिटरी प्याड तथा सिलाइ तालिम र सौर्य ऊर्जा प्रणाली मर्मत तथा सर्भिसिङलगायतका कार्यक्रम पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

साधारण सभाका अवसरमा समाज रूपान्तरणमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मानसमेत गरिएको थियो ।

अधिकारकर्मी तथा पत्रकार मधु पन्थी, एक्सन अटोनमि नेपाल पोखराका अध्यक्ष बोधराज पौडेल, एजुकेसन फर लाइफका कृष्ण पोखरेल र पर्यटन व्यवसायी विकास पहारी सम्मानित हुनुभएको थियो ।

संस्थापक सचिव तथा निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर थापाका अनुसार फाउण्डेसनको कार्यक्षेत्र गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, पर्वत, बागलुङ, मुस्ताङ र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेशका गुल्मी र रुकुम पूर्व, कर्णाली प्रदेशका रुकुम पश्चिम, जाजरकोट, डोल्पा र हुम्ला तथा बागमती प्रदेशका सिन्धुपाल्चोक, भक्तपुर र नुवाकोट गरी १८ जिल्ला रहेको छ ।

साधारणसभामा संस्थाको यसअघिको कार्यप्रगतिको समीक्षा गर्दै आगामी योजनाबारे छलफल गरिएको थियो ।

सचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफलपछि सुझावसहित सर्वसम्मत रूपमा पारित गरिएको स्वास्थ्य उपसमिति संयोजक कृष्णप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका-६ का सदस्य पवित्रा थापा, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका निवर्तमान अध्यक्ष डण्डराज शर्मा पौडेल, पोखरा महानगर प्रज्ञा सभा सदस्य तथा पत्रकार रविन्द्र माकाजू, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, नेपाल हवाई खेलकुद संस्थाका महासचिव बलराम आचार्य, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, पंक्षी समाज पोखराका अध्यक्ष शेषकान्त शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिव थापाले स्वागत र सचिव कुलप्रसाद अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

The post कर्मफ्लाइट्स फाउण्डेसन नेपालको साधारणसभा तथा अधिवेशन सम्पन्न appeared first on मानव आवाज.

]]>
मानव आवाज सहकर्मी पन्थी सम्मानित https://www.manavaawaj.com/human-voice-colleague-panthi-honored/ Sat, 05 Sep 2026 12:47:37 +0000 https://www.manavaawaj.com/?p=14438 पोखरा । अधिकारकर्मी तथा पत्रकार मधु पन्थी कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनका अवसरमा सम्मानित हुनुभएको छ । समाज रूपान्तरणमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने क्रममा फाउण्डेसनले मानव आवाज सहकर्मी पन्थीलाई सम्मान गरेको हो । पन्थी विगत साढे दुई दशकभन्दा लामो समयदेखि मानव अधिकारको क्षेत्रमा र केही वर्षयता पत्रकारिता तथा सञ्चार क्षेत्रमा ... Read more

The post मानव आवाज सहकर्मी पन्थी सम्मानित appeared first on मानव आवाज.

]]>
पोखरा । अधिकारकर्मी तथा पत्रकार मधु पन्थी कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनका अवसरमा सम्मानित हुनुभएको छ ।

समाज रूपान्तरणमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने क्रममा फाउण्डेसनले मानव आवाज सहकर्मी पन्थीलाई सम्मान गरेको हो ।

पन्थी विगत साढे दुई दशकभन्दा लामो समयदेखि मानव अधिकारको क्षेत्रमा र केही वर्षयता पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।

विशेषगरी शिक्षा, स्वास्थ्य, खाद्य अधिकार तथा मानवअधिकारका विषयमा कलममार्फत सूचना र समाचार जनसमक्ष पुर्‍याउँदै आउनुभएका पन्थीले सामाजिक सरोकारका विषयलाई निरन्तर उठाउँदै आउनुभएको छ ।

पोखरामा सम्पन्न कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पन्थीसहित विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्व तथा संस्थाका प्रतिनिधिलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा एक्सन अटोनमि नेपाल पोखराका अध्यक्ष बोधराज पौडेल, एजुकेसन फर लाइफका कृष्ण पोखरेल र पर्यटन व्यवसायी विकास पहारीसमेत सम्मानित हुनुभएको थियो ।

सम्मान ग्रहण गर्दै पन्थीले सामाजिक क्षेत्रका सकारात्मक कामलाई प्रोत्साहन गर्ने यस्ता सम्मानले सामाजिक अभियानमा थप जिम्मेवारीबोध गराउने बताउनुभयो ।

दुर्गम तथा पछाडि पारिएका क्षेत्रका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले २०७२ सालदेखि सक्रिय फाउण्डेसनले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

The post मानव आवाज सहकर्मी पन्थी सम्मानित appeared first on मानव आवाज.

]]>
रसुवाका विपद् प्रभावित परिवारलाई सिन्धुली गुरुकुल कलेजको साथ https://www.manavaawaj.com/sindhuli-gurukul-college-supports-disaster-affected-families-in-rasuwa/ Fri, 04 Sep 2026 14:32:10 +0000 https://www.manavaawaj.com/?p=14435 सिन्धुली । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई सिन्धुली गुरुकुल कलेज तथा सिद्धबाबा प्लस टुले शैक्षिक तथा आर्थिक सहयोग गर्ने भएको छ । कलेजले विपद्बाट प्रभावित परिवारका दुई जना सदस्यलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । विपद्का कारण विद्यार्थीको अध्ययनमा अवरोध नआओस् र पीडित ... Read more

The post रसुवाका विपद् प्रभावित परिवारलाई सिन्धुली गुरुकुल कलेजको साथ appeared first on मानव आवाज.

]]>
सिन्धुली । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई सिन्धुली गुरुकुल कलेज तथा सिद्धबाबा प्लस टुले शैक्षिक तथा आर्थिक सहयोग गर्ने भएको छ ।

कलेजले विपद्बाट प्रभावित परिवारका दुई जना सदस्यलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

विपद्का कारण विद्यार्थीको अध्ययनमा अवरोध नआओस् र पीडित परिवारमाथिको शैक्षिक आर्थिक भार कम होस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको कलेज व्यवस्थापनले जनाएको छ ।

छात्रवृत्तिअन्तर्गत छनोट भएका दुई विद्यार्थीले कक्षा ११ र १२ मा कलेजलाई कुनै शुल्क नतिरी अध्ययन गर्न पाउनेछन् ।

शैक्षिक सहयोगसँगै कलेजले विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोगसमेत गरेको छ ।

कलेजका तर्फबाट जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने गरी २५ हजार रुपियाँ प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई हस्तान्तरण गरिएको कलेजले जनाएको छ ।

विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।

सहयोग हस्तान्तरणपछि कलेजका निर्देशक राहुल सिंहले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै विपद्को समयमा मानवीय सहयोगको आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो र सङ्कटको घडीमा एकअर्कालाई साथ दिनु नै हाम्रो मुख्य दायित्व हो’ भन्दै विपद्को कठिन परिस्थितिमा सबै नागरिक तथा सङ्घसंस्थालाई आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आह्वान गर्नुभएको छ ।

सङ्कटको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै कलेजले गरेको शैक्षिक तथा आर्थिक सहयोगको स्थानीय स्तरमा प्रशंसा भइरहेको कमलामाइ नगरपालिकाका पूर्व प्रमुख खड्ग खत्रीले जानकारी दिनुभएको छ ।

The post रसुवाका विपद् प्रभावित परिवारलाई सिन्धुली गुरुकुल कलेजको साथ appeared first on मानव आवाज.

]]>
कोशी प्रदेश खेलकुद विकास बोर्डले घटायो खेल संस्थाको शुल्क https://www.manavaawaj.com/koshi-province-sports-development-board-reduces-fees-for-sports-organizations/ Fri, 04 Sep 2026 14:22:00 +0000 https://www.manavaawaj.com/?p=14432 विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले खेलकुद सङ्घ तथा संस्थाहरूको दर्ता, नवीकरण र आवद्धता शुल्क घटाएको छ । बोर्डको बैठकले ‘खेल सङ्घ तथा खेल संस्थाहरूको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मार्गदर्शन’मा रहेको शुल्कसम्बन्धी व्यवस्था संशोधन गर्दै विभिन्न शीर्षकमा लिइँदै आएको शुल्क घटाएको हो । संशोधित शुल्कअनुसार जिल्ला खेलकुद सङ्घको दर्ता शुल्क ८ हजार ... Read more

The post कोशी प्रदेश खेलकुद विकास बोर्डले घटायो खेल संस्थाको शुल्क appeared first on मानव आवाज.

]]>
विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले खेलकुद सङ्घ तथा संस्थाहरूको दर्ता, नवीकरण र आवद्धता शुल्क घटाएको छ ।

बोर्डको बैठकले ‘खेल सङ्घ तथा खेल संस्थाहरूको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मार्गदर्शन’मा रहेको शुल्कसम्बन्धी व्यवस्था संशोधन गर्दै विभिन्न शीर्षकमा लिइँदै आएको शुल्क घटाएको हो ।

संशोधित शुल्कअनुसार जिल्ला खेलकुद सङ्घको दर्ता शुल्क ८ हजार रुपियाँबाट घटाएर १ हजार ५ सय रुपियाँ र नवीकरण शुल्क ५ हजारबाट १ हजार रुपियाँ कायम गरिएको छ ।

त्यस्तै, प्रदेश खेलकुद सङ्घको दर्ता शुल्क १५ हजार रुपियाँबाट २ हजार ५ सय तथा नवीकरण शुल्क १० हजारबाट घटाएर १ हजार ५ सय रुपियाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, जिल्ला स्तरीय खेल संस्थाको आवद्धता शुल्क ५ हजार रुपियाँबाट घटाएर १ हजार रुपियाँ र प्रदेश स्तरीय खेल सङ्घको आवद्धता शुल्क १० हजारबाट ५ हजार रुपियाँ कायम गरिएको छ ।

जिल्ला स्तरीय खेल संस्थाको नवीकरण शुल्क २ हजारबाट १ हजार रुपियाँ तथा प्रदेश स्तरीय खेल संस्थाको नवीकरण शुल्क ५ हजारबाट घटाएर २ हजार १ सय रुपियाँ निर्धारण गरिएको बोर्डले जनाएको छ ।

बोर्डका सदस्य सचिव विप्लव घोषले खेलकर्मीहरूले विभिन्न समयमा उठाउँदै आएको मागलाई सम्बोधन गर्दै खेल सङ्घ तथा संस्थालाई प्रवर्धन र सहजीकरण गर्ने उद्देश्यले शुल्क संशोधन गरिएको बताउनुभयो ।

घोषका अनुसार न्यून शुल्क निर्धारण गरेपछि जिल्लामा सक्रिय रहे पनि जिल्ला खेलकुद विकास समितिको सम्पर्कमा नआएका खेल सङ्घ तथा संस्थाहरूलाई समेत दर्ता र आवद्धताका लागि प्रोत्साहन मिल्ने बोर्डले अपेक्षा गरेको छ ।

संशोधित शुल्कअनुसार आवश्यक व्यवस्था गर्न जिल्लास्थित खेलकुद विकास समितिहरूलाई बोर्डबाट पत्राचार गरिसकिएको सदस्य सचिव घोषले जानकारी दिनुभयो ।

The post कोशी प्रदेश खेलकुद विकास बोर्डले घटायो खेल संस्थाको शुल्क appeared first on मानव आवाज.

]]>