मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

आजको दिन(बा औंसी) र नेतृत्व

ढाकाराम पौडेल ।

नेपालको संस्कृतिमा आजको दीन अर्थात बा औंसी तिथिले विशेष महत्व राख्छ। “बा औसीं” केवल एक पर्व मात्र होइन जीवनलाई अर्थ दिने क्षण पनि हो। यो दिनले हामीलाई सम्झाउँछ, बुबा भनेको केवल जन्म दिने मात्र होइनन्, जीवनलाई दिशा देखाउने गुरु पनि हुन्। “बा” को सम्मान मन्दीर धायर भेटीदैन जीउदा बा हरुलाई उनिहरुको दु:ख सुखमा साथ दियर “मेरा लागी मेरा सन्तान छन् “ भन्ने अनुभुत गर्ने गरि हाम्रो बा आमा प्रतीको ब्यबहार र बाआमाको शीर ठॅाडो पार्ने गरि सन्तानको समाजमा हुने उपस्थीतीले नै “बा” बास्तबीक सम्मान दर्शाउने छ ।

पिता प्रायः कठोर देखिन्छन्, तर त्यस कठोरताभित्र सन्तानलाई आत्मनिर्भर बनाउन, संघर्ष गर्न सिकाउन र भोलिको लागि बलियो बनाउन खोज्ने गहिरो माया लुकेको हुन्छ। आमाले ममता दिनुभयो भने बुवाले आत्मबल दिनुभयो।
नेतृत्व पनि त्यस्तै हो। नेता भनेको सजिलो बाटो देखाउने होइन, कठिन बाटो समाएर पनि समाजलाई गन्तव्यमा पुर्याउने व्यक्ति हो। जसरी पिता आफ्नो सुविधा र सपना त्यागेर छोराछोरीको भविष्य बनाउँछन्, नेता पनि आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रलाई प्राथमिकता दिनसक्नुपर्छ।
पिताले बच्चालाई हिँड्न सिकाउँदा, पहिलो पटक खस्न दिन्छन् तर हात छेउमै राख्छन्। त्यस्तै, “सच्चा नेता पनि जनतालाई निर्भर होइन, आत्मनिर्भर बनाउन खोज्छ। उनीहरूलाई आफ्नै बलमा उभिन मद्दत गर्छ, तर आवश्यक पर्दा सहारा दिन पनि पछि पर्दैन” ।
आज हाम्रो समाज र राजनीति दुवैमा असल नेतृत्वको कमी छ । चर्का र खोक्रा भाषण गर्नेहरू धेरै छन्, तर पिताजस्तो अनुशासन, त्याग र इमानदारीता बोकेका नेता दुर्लभ छन्। हुन त हाम्रो चेतनाले पनि सही र गलत छुट्याउन अझै धेरै कसरतको आबश्यकता देखीन्छ । सतहमा देखीयका कुराहरुमा हामी हाम्रो दृष्टीकोण तैयार गर्दै गर्दा बासतबीकता अत्यन्तै गहिरो गरी लुकेको हुन्छ त्यसलाई भेट्न वा अनुभुत गर्न कठीन बाटो रोज्नु पर्छ त्यो बाटो एक छाक खान र लाउन मिल्दा सम्म किन रोज्ने ! “बा औसीं” को अवसरले हामीलाई यो प्रश्न सोध्छ-के हामीलाई मार्गदर्शन गर्ने पिता जस्तै सच्चा नेता छ? के हाम्रो भविष्य सुरक्षित गर्ने दीर्घदृष्टि बोकेको नेतृत्व छ?

आज जनताले पटक पटक नेतृवमा पुर्यायर नेतृवले आफ्नो जीम्मेवारी बिर्षीदा जनताहरुमा गम्भीर प्रश्न उब्जीयका छन् र भनीरहेका छन् यदि नेतृत्व पिताजस्तै हुन्थ्यो भने जनतालाई धोका दिन सक्दैनथ्यो, राष्ट्रलाई बेच्न सक्दैनथ्यो, व्यक्तिगत लाभका लागि जनता बिर्सन सक्दैनथ्यो। त्यसैले, “बा औसीं” ले केवल पिताप्रति श्रद्धा गर्न मात्र होइन, नेतृत्वको सार सम्झन र खोज्न पनि प्रेरणा दिन्छ। सबै बाहरुमा बा औंसीको हार्दिक शुभकामना ।

(पौडेल अधिकारकर्मी हुनुहुन्छ)

Author

Related News