काठमाडौँ । फ्रान्सलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ मा तेस्रो बनेको छ ।
मियामी स्टेडियममा २०८३ साउन ३ गते बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इङ्ग्ल्यान्ड तेस्रो बनेको हो ।
विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेल सकिएसँगै गोल्डेन बुट दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पे शीर्ष स्थानमा बलियो देखिनुभएको छ ।

इङ्गल्यान्डविरुद्धको रोमाञ्चक भिडन्तमा दुई गोल थप्दै एमबाप्पेले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या १० पुर्याउनुभएको हो ।
एमबाप्पे १० गोल र ४ असिस्टसहित विश्वकपको पहिलो स्थानमा हुनुहुन्छ । उहाँले हरेक ७० मिनेटमा गोल गर्दै विपक्षी टोलीविरुद्ध कुल ४१ पटक प्रहार गर्नुभएको अभिलेख छ, जसमा उहाँको सट एक्युरेसी ५६ प्रतिशत र गोल कन्भर्जन २४ प्रतिशत रहेको बताइएको छ ।