पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीको नवौँ जिल्ला अधिवेशन तथा पहिलो प्रदेश विभागीय अधिवेशन २०८२ साउन २२ गतेदेखि पोखरा शुरू भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवम् गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कर्मचारीहरु नागरिकमैत्री हुनुपर्नेमा जोड दिनु भएको छ ।
मुख्यमन्त्री पाण्डेले भन्नु भयो- ‘पहिला म राष्ट्रसेवक कर्मचारी हुँ अनि म ट्रेड युनियनकर्मी हुँ भन्ने बुझेका साथीहरु कर्मचारी युनियनको नेतृत्वमा आउनुस् ।’
कर्मचारी समाजको ऐन भएकाले सोही अनुसार व्यवहार र काम गर्न पाण्डेले सुझाव दिनु भएको छ । ‘हामी आफैबाट सुशासन कायम गर्न जरूरी भएकोले यसलाई आत्मसात गर्नु पहिलो दायित्व भएको बताउनु भयो ।
हामीले दिने डेलिभरी चाहे राजनीतिक हवस वा कर्मचारीतन्त्र जुनसुकै ठाउँमा सुशासन देखिनुपर्छ,’ उनले भने, ‘राजनीति र कर्मचारीतन्त्रबाट सुशासनमा कमी भएकाले जनताले हाम्रा कार्यशैलीप्रति प्रश्न उठाएका हुन की ? यसमा हामी बढी गम्भिर र सचेत हुनु आजको प्रमुख कार्यभार रहेको उल्लेख गर्नु भयो ।
कर्मचारीहरूको क्षमता वृद्धिविकास र अधिकारका सम्बन्धमा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।
अधिवेशनमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय महासचिव जनकवहादुर रावल, केन्द्रिय उपमहासचिव ईन्दु शर्मा, उपाध्यक्ष यज्ञ ओली, केन्द्रिय सदस्य चित्रा ढकाल, यमप्रसाद शर्मा, बद्रि पौडेल, नेपाल निजामती कर्मचारी युनियन नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय नेपाल निजामती कर्मचारी युनियन पूर्व केन्द्रिय उपाध्यक्ष एवम् गण्डकी प्रदेश अध्यक्ष शिव शर्मा, निवर्तमान वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारी र उत्तम कटुवाल लगायतले शुभकामना राख्नु हुँदै युनियनका गतिविधिहरू सेवामुलक र सेवाग्राहीमैत्री हुनु पर्ने बताउनु भयो ।
कर्मचारी युनियन कास्कीलाई योगदान पुर्याउने १४ जनालाई अधिवेशनमा सम्मान गरिएको थियो।
सम्मानितमध्ये मुकुन्दराज पौडेल (शाखा अधिकृत, जिल्ला प्रशासन कार्यालय), राजेन्द्र प्रसाद पौडेल (स्वास्थ्य अधिकृत, जनस्वास्थ्य प्रयोगशाला), डालाराम बसौला, मुक्ती गिरी, काशिराम पौडेल, डार्विन लम्साल, राजेन्द्र प्रसाद पौडेल, अर्जुन गुरुङ (उपाध्यक्ष, गण्डकी प्रदेश), लक्ष्मीभद्र वाग्ले (आधिकारिक ट्रेड युनियन उपाध्यक्ष), मधु अधिकारी (सञ्चारकर्मी, रेडियो सफलता), प्रकाश ढकाल (सञ्चारकर्मी, महासचिव, प्रेस युनियन गण्डकी), रमेश पौडेल (अध्यक्ष, नेपाल पत्रकार महासंघ गण्डकी), नविन सिग्देल (सहसचिव, नेपाली कांग्रेस कास्की) र सुरेन्द्र प्रसाद अधिकारी (पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष) हुनुहुन्छ।
नेपाल निजामती कर्मचारी युनियन, कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रमको स्वागत उपाध्यक्ष केदार सापकोटा र सञ्चालन सचिव सुमन शर्माले गर्नु भएको थियो ।
साउनको २२ र २३ गते आयोजित अधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने उपाध्यक्ष केदार सापकोटाले जानकारी दिनु भयो ।