मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

बालश्रम हटाउन सबैको प्रयासमा जोड

पोखरा । तीन ओटै तहका सरकारसँगै सरोकार भएका सबैको सामूहिक प्रयासलले बालश्रम रोक्न सकिनेमा पोखरामा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा २०८२ असार १६ गते आयोजित कार्यक्रममा सरोकारवालाहरूले यो कुरामा जोड दिएका हुन् ।

सामाजिक लेखाजोखा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले श्रम क्षेत्रमा रहेका बालबालिकाको पुनःस्थापना, पारिवारिक पुनर्मिलन तथा अनौपचारिक र औपचारिक शिक्षाका कार्यक्रम पनि सँगसँगै सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

श्रम कार्यालय पोखराका प्रमुख उपसचिव सुरेश ढकालले कानुनले बालश्रम निषेध गरे पनि सहरी क्षेत्रमा विभिन्न बहानामा बालबालिकालाई काममा लगाउने गरेको पाइएको बताउनु भयो ।

रोजगारदाता लक्षित सचेतना कार्यक्रमका साथै उनीहरूका अभिभावकलाई पनि दायित्वबोध गराउनुपर्ने उहाँको भनाइ छ ।

सामाजिक विकास केन्द्रको अध्ययनबाट पोखरामा ३ सय २३ जना बालिकासहित १ हजार १ सय ४७ जना बालश्रमिक रहेका छन् ।

तीमध्ये वर्कसप, ग्यारेज र मेटल उद्योगमा काम गर्नेको सङ्ख्या करिब ६ सय ५० रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

Author

Related News