मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

निर्वाचन आचारसंहिता स्वीकृत, माघ पहिलो साताबाट लागु हुने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा चुनावका लागि आचार संहिता स्वीकृत गरेको छ ।

स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जाने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरोकारवालासमेतको सुझावका आधारमा आचारसंहिता स्वीकृत गरिएको बताउनु भएको छ ।

आचार संहिता लागू हुने मिति भने केही दिनमा सार्वजनिक गरिने भट्टराईले बताए । आचारसंहितालाई सबैले पालना गरेर निष्पक्ष, स्वच्छ, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

आचार संहितामा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको संख्याका आधारमा दलहरू खर्चको सीमामा रहनुपर्ने पनि आचारसंहितामा उल्लेख छ ।

दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाउने, एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाउने लगाएतका विषय पनि आचारसंहितामा समेटिएको छ ।

Author

Related News