मानव आवाज

२०८३ जेष्ठ २५ गते
00: 00: 00
२०८३ जेष्ठ २५ गते

काठमाडौँ । सरकारले ईस्लाम धर्मावलम्बीको पर्व ईद (ईद्–उल–फित्र) २०८२ चैत ७ गते परेको छ ।

गृह मन्त्रालयले  २०८२ चैत ६ गते प्रेस विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार २०८२ साल चैत ७ गते शनिवारका दिन ईद परेको जानकारी आएकाले सो दिन सार्वजनिक बिदा हुने स्पष्ट पारेको हो ।

शनिवार यसैपनि सार्वजनिक विदा नै हुन्छ । तर सरकारको नीति अनुसार इद विदा दिने भएका कारण शनिबार नै इद परेको भएपनि सरकारले बिदा दिएको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा वि.सं. २०८१ फागुन १५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नै यो बिदाको व्यवस्था गरिएको उल्लेख छ ।

Author

Related News