मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नौ बुँदे टिकापुर घोषणापत्र र पाँच बुँदे प्रतिबद्धता जारी गर्दै सकियो इको समिट

धनगढी । नौ बुँदे टिकापुर घोषणापत्र जारी गर्दै सुदूर युवा इको समिट सकिएको छ । फोर एच नेपालले आयोजना गरेको समिटमा १ सय ५० जना युवाको सहभागिता रहेको थियो ।

टिकापुरमा सम्पन्न भएको इको समिटमा सुदुरपश्चिमका नौ आटै जिल्लाबाट प्रतिनिधित्व रहेको सहभागी बसन्त बोहराले जानकारी दिनु भएको छ ।

घोषणापत्रमा पाँच बुँदे प्रतिबद्धता पनि समावेश गरिएको छ । घोषणापत्रमा सुदूरपश्चिम सरकारले स्थानीय भाषामा जलवायुकी कुरेणी जस्ता सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, ८८ आटै स्थानीय तह तथा सुदूरपश्चिम सरकारले जलवायुमैत्री नीति निर्माण गर्नु पर्ने र युवाको अगुवाइमा जलवायु संवादको थालनी गर्नु पर्नेलगायतका विषय समेटिएको छ ।

जलवायु परिवर्तनले सुदूरपश्चिम अरु प्रदेश भन्दा बढी प्रभावित र जोखिममा रहेकाले केन्द्रीय सरकारले पर्यावरण संरक्षणका लागि विशेष नीति बनाई दिगो कार्यक्रम तय गर्नुपर्ने विषय घोषणापत्रमा राखिएको छ ।

जलवायु परिवर्तनले उमेरको हिसावले अरुभन्दा बालबलिका र युवालाई दिर्घकालिन असर बढी पर्ने भएकाले बालबालिका तथा युवालाई जलवायु न्याय दिनु पर्ने माग गरिएको छ ।

आधुनिक तथा व्यावसयिक कृषिका नाममा सरकारले ल्याएका नीति तथा कार्यक्रमले नेपाली मौलिक कृषि प्रणाली तथा उत्पादनमा कमी आएकाले स्थानीय तह तथा प्रदेश सरकारले यसको संरक्षण तथा प्रबद्र्धनका लागि प्रभावकारी कार्यक्रम लागू गर्नु पर्ने विषय पनि घोषणापत्रमा राखिएको छ ।

घोषणापत्रमा रैथाने कृषि प्रणालीलाई स्मार्ट कृषि प्रविधिमा विकास गर्नु पर्ने, नेपाली रैथाने खाना तथा खाद्य प्रविधिको संरक्षण गरी व्यवसायिकमा जोड दिनु पर्ने विषय पनि राखिएको फोर एच नेपालका अध्यक्ष बिष्णुप्रसाद बेल्वासेले बताउनु भयो ।

उद्घानशत्रमा एशियाली फोर एच नेटवर्कका अध्यक्ष लोकराज अवस्थी, सुदूरपश्चिम सरकारका राजनीतिक सल्लाहकार जितु उपाध्याय, फोर एच नेपालका केन्द्रीय सदस्य सनतकुमार रेग्मी लगायतले कृषि, जलवायु परिवर्तन र युवाका सरोकारका विषयमा धारणा राख्नु भएको थियो ।

समिटमा नेपालमा कृषि र जलवायुको सम्बन्ध, जलवायु परिवर्तन र युवाको भूमिका लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

समिटमा युवा कचहरी तथा स्थानीय कलासंस्कृति झल्काउने सांस्कृति कार्यक्रम लगायतका गतिविधिहरु सञ्चालन गरिएका थिए ।

फोर एच नेपालका केन्द्रीय सदस्य सनतकुमार रेग्मीका टिकापुर घोषणा पत्र सुदूरपश्चिमका लागि ८८ ओटै स्थानीय तहलाई बुझाउने कार्यक्रम रहेको जानकारी दिनु भएको छ ।

समिटको स्थानीय साझेदार संस्था वन तथा कृषि विश्वविद्यालय फोर एच शाखा र सुदूरपश्चिम विश्वविद्यालय फोर एच शाखा रहेका आयोजकले जनाएको छ ।

Author

Related News