मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

सिन्धुलीमा लागूऔषध ओसारपसार तीव्र, एक वर्षमै मुद्दा दोब्बर

रुद्रबहादुर खड्का, सिन्धुली ।

कमलामाई नगरपालिका–९ भीमानस्थित प्रहरी चेकपोस्टले हालै २९ हजार टुमाडोल क्याप्सुल र २ हजार ८ सय ८० नाइट्राभेट ट्याब्लेटसहित सर्लाहीका ३० वर्षीय बिक्रम चौधरीलाई पक्राउ गरेको छ ।

यो परिणाम सबैभन्दा ठूलो हो । गत वर्षमा मात्रै प्रहरीले विभिन्न कारबाहीमा ठूलो परिमाणमा गाँजा, खैरो हेरोइन र ट्याब्लेट बरामद गरेको छ ।

प्रहरीका अनुसार गाँजा: ६ सय ९४ किलो (गत वर्ष ८ सय ७८ किलो), खैरो हेरोइन: ३ सय ८४ किलो (गत वर्ष ६८किलो) र ट्याब्लेट: ३१ हजार ९ सय १० पिस (गत वर्ष ८ हजार ७ सय ४२ पिस) बरामद गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा लागू औषधसम्बन्धी मुद्दा ४६ पुग्दा गत वर्ष २५ मात्र थिए । पक्राउ परेका व्यक्तिको सङ्ख्या पनि ४२ बाट बढेर ९९ पुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार ओसारपसारमा सडक मात्र नभई जिल्लाबासीको संलग्नता पनि बढेको छ। ट्याब्लेट र खैरो हेरोइनको कारोबार तीव्र बृद्धि हुँदै गएको प्रहरी तथ्याङ्कले देखाउँछ।

Author

Related News