मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

निर्वाचन चिह्नको दुरुपयोग नगर: आयोग

काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न दुरुपयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।

आयोगले आइतबार  विज्ञप्ति जारी गर्दै काठ, फलाम वा अन्य सामग्रीबाट बनेका भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षामा असर पर्न सक्ने गुनासा प्राप्त भएको जनाएको छ ।

आयोगका अनुसार कानुनले तोकेको मापदण्डअनुसार मात्र दलको झण्डा र कागजमा छापिएको निर्वाचन चिह्न प्रयोग गर्न पाइनेछ ।

आयोगका सहसचिव एवम् नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिनुभएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले निर्धारण गरेको चिह्न बाहेक अन्य स्वरूपमा चिह्न प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ । उल्लङ्घन गरेको पाइएमा आचारसंहिता अनुसार कारबाही हुने आयोगले चेतावनी दिएको छ ।-

आयोगले सबै दल तथा उम्मेदवारलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

Author

Related News