मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

बुली र अफवाहले डराउँदिनँ, विशेष अधिवेशन गरेर देखाउ-डा. कार्की

ललितपुर । पार्टीलाई सुदृढ बनाउने, समय सापेक्षिक रुपान्तरण गर्ने र जिम्मेवार ढङ्गले राजनीतिक विषय उठाउने नेतृत्वमाथि धम्की, अफवाह र मिडिया ट्रायल भइरहेको भन्दै रास्वपाकी नेतृ डा. तोसिमा कार्कीले आपत्ति जनाउनु भएको छ ।

कार्कीले फेसबुक वालमार्फत प्रतिक्रिया जारी गर्दै पार्टीभित्र विचार प्रस्तुत गर्ने प्रत्येक प्रयासलाई पार्टीभित्रैबाट “बुली” गरेर दबाउने प्रवृत्तिको भण्डाफोर हुनसक्ने चेतावनी दिनु भएको छ ।

पार्टी सभापतिको विकल्प खोज्यो भनेर प्रचारबाजी गर्न, राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउन र औपचारिक पत्रमा प्रस्तुत चार बुँदामाथि गम्भीर अध्ययन नगरी अतिरञ्जित गर्ने प्रवृत्तिले सङ्गठनभित्र भ्रम फैलाएको उहाँको आरोप छ ।

“यदि हिम्मत छ भने संस्थापनले खुला विशेष अधिवेशन गरेर देखाओस् । सभापतिको आशिर्वाद र लाखौं कार्यकर्ताको समर्थनसहित दिइएको जिम्मेवारी सम्हाल्ने आँट मसँग छ ।”-कार्कीले लेख्नु भएको छ ।

आन्दोलनका कठिन घडीमा समेत प्रहरीको गोलीबीच हिँडेको अनुभव स्मरण गर्दै उहाँले थप लेख्नुभएको छ-“तिमीहरूको प्रोपागाण्डा र हेपाहा व्यवहारसँग रत्तिभर डराउँदिनँ । राजनीतिक मैदान, ललितपुरका मतदाता र पार्टी पङ्तिबाट कहिल्यै भाग्दिनँ । देश बनाउन लडिरहेको योद्धा हुँ ।”

Author

Related News