मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई ब्ल्याङ्केट वितरण

रुद्रबहादुर खड्का, सिन्धुली ।

मित्रराष्ट्र भारतको सहयोग तथा ७७औँ गणतन्त्र दिवसको अवसरमा सिन्धुलीका ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई ब्ल्याङ्केट वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयको समन्वय तथा नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीको आयोजनामा २०८२ माघ १२ गते कमलामाई नगरपालिका–६ स्थित सङ्घको कार्यालयमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा शारीरिक रूपमा असक्त, न्यून आय भएका, बेसहारा तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी ब्ल्याङ्केट वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष प्रकाश कुमार बर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन कुमार श्रेष्ठलगायत विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा नेपाल रेडक्रस सोसाइटी, सिन्धुली उद्योग वाणिज्य सङ्घ र नेपाल–भारत मैत्री सङ्घबीच विपद् व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य क्षेत्रका विषयमा सहकार्य गर्नेबारे छलफल समेत गरिएको छ ।

यस कार्यक्रमले समाजसेवा तथा मानवीय सहयोगको भावना प्रवर्धन गर्नुका साथै नेपाल–भारतबिचको मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

Author

Related News