मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

वामपन्थी ध्रुवीकरणतर्फ छलफल तीव्र !

ललितपुर । नेपालको वामपन्थी ध्रुवीकरणको प्रयास तीव्र बन्दै गएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)बिच पछिल्ला दिनहरूमा सक्रिय भेटवार्ता भइरहेको छ।

प्रचण्ड–माधवबिच भेटवार्ता

अध्यक्ष दाहालको निवासमा प्रचण्ड र माधवबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, वामपन्थी ध्रुवीकरण, कम्युनिष्ट शक्ति एकताबद्ध गर्ने प्रयास, अन्तर्राष्ट्रिय परिस्थिति तथा वर्तमान सरकारको कार्यशैलीबारे गहन छलफल भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभएको छ ।

दुई नेताबिच २०८२ साउन ११ गते प्रचण्ड निवास खुमलटारमा छलफल भएको रायमाझीले बताउनु भएको छ ।

माधव–विप्लवबिच छलफल

यसैबीच, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच ८ साउनमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा भेटवार्ता भएको विप्लवको सचिवालयले जनाएको छ।


उक्त भेटमा समसामयिक राजनीति, समाजवादी मोर्चाको बैठकको तयारी, वाम एकताको सम्भावना र आगामी रणनीतिबारे छलफल केन्द्रित भएको बताइएको छ।

वाम ध्रुवीकरणतर्फ छलफल तीव्र

पछिल्ला यी भेटवार्ताले वामपन्थी ध्रुवीकरण र सहकार्यको सम्भावनामा नयाँ उत्साह थपेको विश्लेषण गरिन्छ।

वाम दलहरूबीच सैद्धान्तिक र प्रक्रियागत सहकार्यबारे भएका लगातार सम्वादले निकट भविष्यमा एक साझा मोर्चा वा सहकार्यको ढाँचा बन्न सक्ने सङ्केत गरेको राजनीतिक विश्लेषकहरूले बताइरहेका छन्।

Author

Related News