मानव आवाज

२०८३ जेष्ठ ९ गते
00: 00: 00
२०८३ जेष्ठ ९ गते

पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारी र व्यवसायीबिच छलफल

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारी र न्यूरोड क्षेत्रका व्यवसायीबीच समसामयिक विषयमा छलफल भएको छ ।

सङ्घको सभाहल गैह्रापाटनमा २०८३ जेठ ८ गते आयोजित छलफलमा व्यवसायीहरूले पछिल्लो समय देखिएका व्यावसायिक चुनौती तथा स्थानीय सरकारका निर्णयबारे आफ्ना धारणा राखेका थिए ।

छलफलका क्रममा व्यवसायी कृष्णप्रसाद शर्माले पोखरा महानगरपालिकाले लागू गरेको एकतर्फी पार्किङ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै व्यवसायमैत्री पार्किङ व्यवस्थालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विकल्पबिना लागू गरिएका योजनाका कारण व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै बाटोमा पार्किङ नै हुनुपर्छ भन्ने नभई पर्याप्त विकल्प तयार नभएसम्म दुवैतर्फ पार्किङको व्यवस्था गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले स्थानीय सरकारका नीति तथा निर्णयहरूले व्यवसायीहरूलाई असहज बनाउनेभन्दा पनि विकल्पसहित सहजता, विश्वास र सहकार्य बढाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

व्यवसायीहरूले यस्ता व्यवस्थाले व्यवसायीहरूलाई मात्र नभई समग्र पोखराको व्यापारिक वातावरणलाई थप व्यवस्थित, सुदृढ र आकर्षक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतमले व्यवसायमैत्री वातावरण निर्माणका लागि सङ्घ सधैँ संवाद, सहकार्य र आवश्यक पहल गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले व्यवसायीहरू राष्ट्रको अर्थतन्त्रका महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै आर्थिक गतिविधि सुदृढ बनाउन उनीहरूको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो ।

महासचिव गौतमले व्यवसायीका समस्या समाधानका लागि सङ्घ सधैँ साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Author

Share the News

Recent News

Related News