मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

उदयपुरमा सवारी दुर्घटना हुँदा ललितपुरका दिपेन्द्रको मृत्यु

ललितपुर । महालक्ष्मी नगरपालिका-९, लुभुका दीपेन्द्र केसी २०८२ मङ्सिर १६ गते बिहान उदयपुरको कटारीमा दुर्घटनाग्रस्त टाटासुमोभित्र मृत अवस्थामा भेटएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३४ वर्षका केसी २०८२ मङ्सिर १३ गते शनिबार परिवारलाई जानकारी गराएर ना १ ज ५८१२ नम्बरको सुमोमा काठमाडौँबाट उदयपुरको ताप्ली गाउँपालिका-५, रुपाटारका लागि प्रस्थान गर्नु भएको थियो ।

तर, उहाँ आज बिहान ३ बजेतिर सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका वडा नं. १४ पाखिमारे भिरबाट ४ सय मिटर तल दुर्घटनाग्रस्त सुमोभित्र मृत अवस्थामा फेला परेको उदयपुर जिल्ला प्रहरी कार्यालयका एसपी राजन चापागाईँले जानकारी दिनु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

Related News