ललितपुर । राष्ट्रपतिको प्रत्यक्ष पहलमा संवाद हुनुपर्ने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान बाहिर जान नसकिने स्पष्ट पारेको छ ।
सो पार्टीले जेनजीले अघि सार्ने प्रधानमन्त्रीका उम्मेदवारलाई समर्थन जनाउने पनि घोषणा गरेको छ ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सङ्कट समाधानका लागि तीन ओटा बुँदामा तात्कालिक प्रस्ताव अघि सार्नु भएको छ ।
जसमा जेनजीले अघि सार्ने प्रधानमन्त्रीका उम्मेदवारलाई रास्वपाको समर्थन रहने र त्यो उम्मेदवारले बृहत् राजनीतिक अनुमोदन प्राप्त गर्ने शुभेच्छा राखिएको विषय उल्लेख छ ।
