ललितपुर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा १८ करोडभन्दा बढी बक्यौताले पाँच वर्षदेखि मानसिक, शारीरिक र आर्थिक यातना भोगिरहेको बताउँदै धुर्मुस–सुन्तली जोडीले अब राज्यसँग न्यायको अपिल गरेको छ ।
सरकार, प्रदेश र भरतपुर महानगरले गरेको आर्थिक प्रतिबद्धता पूरा नहुँदा उधारो चुलिँदै गएर सामग्री आपूर्तिकर्तासँग १९ मुद्दासहित उभिनुपरेको धुर्उमुस सुन्तोली जोडीले बताएको छ ।
छोरीको जटिल स्वास्थ्य उपचारका लागि बाध्य भएर अमेरिका पुगेको बताउँदै सिताराम कट्टेलले फेसबुक वालमा लेख्नु भएको छ-“हामी भागेका होइनौँ, उपचारपछि अवश्य फर्किन्छौं । तर, रङ्गशालाको उल्झनले कलाकारितामा फर्किन दिएको छैन ।”
रङ्गशालाको सम्पूर्ण मूल्याङ्कन, लेखापरीक्षण र सरकारी प्रक्रिया पार गरे पनि रकम नछुट्टिएको अवस्थाले आफूहरूलाई गहिरो निराशा बनाएको बताउँदै फेसबुकमा लेखिएको छ-“राज्यले हाम्रो नियत बुझिदिओस्, रङ्गशालाको समस्या टुङ्ग्याइदिओस् । हामी फेरि कलाकारितामै रम्न चाहन्छौँ ।”