मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

विनाशकारी बाढी : कास्कीका ६ जना अझै सम्पर्कविहीन

पोखरा । रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि कास्कीका ६ जना परिवार तथा आफन्तसँग सम्पर्कविहीन रहेको सूचना जिल्ला प्रशासन कार्यालय कास्कीमा प्राप्त भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरा महानगरपालिका-५ निवासी इन्जिनियर सृष्टि बास्तोला, पोखराका अभिषेक आचार्य, पोखरा-१४ चाउथे निवासी गोविन्द अधिकारी र सुनवल-१२ नवलपरासी पश्चिमकी सविना मिश्र बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ ।

बास्तोलासहित तीन जना साथी तीन दिनअघि मात्रै अपर त्रिशूली-३ बी, ३७ मेगावाट जलविद्युत् आयोजनामा इन्टर्नका रूपमा पुग्नुभएको थियो ।

आचार्य रसुवाको लाङटाङ खोला हाइड्रोपावरमा प्रोजेक्ट सिभिल इन्जिनियरका रूपमा कार्यरत रहनुभएको परिवारजनले जानकारी दिएका ५न् ।

अधिकारी रसुवा भन्सार कार्यालयमा कार्यरत हुनुहुन्थ्यो भने मिश्र माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत रहेको बताइएको छ ।

यसैबिच बाढीका कारण मृत्यु भएका तथा पहिचान खुल्न नसकेका नौ ओटा शव पोखरा ल्याइएको छ । ती शवको व्यवस्थापन तथा परीक्षणको काम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनमा भेटिएका शव व्यवस्थापन गर्न कठिनाइ भएपछि पोखरा ल्याइएको हो । अहिले शव व्यवस्थापन तथा पहिचान खुलाउने प्रक्रिया अघि बढाइएको छ ।

बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी उपलब्ध गराउन सम्बन्धित परिवारजनले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।

प्रशासनले पनि सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भए सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार