मानव आवाज

२०८२ फाल्गुन २६ गते
00: 00: 00
२०८२ फाल्गुन २६ गते

कास्कीमा ४९ उम्मेदवारमध्ये ४० जनाको जमानत जफत

पोखरा प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत कास्की जिल्लाका तीन ओटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ ।

प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी रकम (जमानत) जफत हुने कानुनी व्यवस्था रहेको छ ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार कास्कीका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबाहेक अन्य सबै उम्मेदवारले १० प्रतिशत मत कटाउन नसकेपछि उनीहरूको जमानत जफत भएको हो ।

कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल ४९ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये नौजनाले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन् भने ४० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी तथा प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिनु भयो ।

कास्की क्षेत्र नम्बर १ र २ मा १७/१७ जना तथा कास्की क्षेत्र नम्बर ३ मा १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

निर्वाचन परिणामअनुसार प्रत्येक क्षेत्रमा रास्वपा, कांग्रेस र एमालेका तीन/तीन जना उम्मेदवारले मात्र आवश्यक मत प्राप्त गरी जमानत जोगाएका छन् ।

Author

Related News