मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

स्वतन्त्र छानबिन समिति गठनको माग

ललितपुर । नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ।

महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको टोलीले २०८२ जेठ ५ गते मन्त्रालयमा गृहमन्त्री रमेश लेखकलाई भेटेर काठमाडौँको तीनकुनेमा २०८१ चैत १५ गते भएको पत्रकार हत्या तथा पत्रकार र मिडियामाथिको आक्रमणका सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदन बुझाउँदै उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न आलटाल नगर्न भनेको हो।

महासङ्घले पत्रकार रजक आफ्नो पेसागत जिम्मेवारी निभाउने क्रममा कार्यस्थलमा मारिएकाले सहिद घोषणा गरी परिवारको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

Author

Related News