मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सुशीलाको हत्या प्रकरणपछि उत्पन्न तनाव नियन्त्रणका लागि कर्फ्यु आदेश जारी

रुद्रबहादुर खड्का, सिन्धुली ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले २०८२ पुस १० गते बिहीबार साँझ कर्फ्यु आदेश जारी गरेको छ ।

कमलामाई नगरपालिका–४ धुराफाँटमा ३२ वर्षीया सुशीला बम्जनको विभत्स हत्या भएपछि उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन कर्फ्यु लगाइएको हो ।

सुशीलालाई सासू, नन्द र ससुराले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दा पाँच दिनदेखि आक्रोशित बनेका थिए ।

घटनाको विरोधमा स्थानीयस्तरमा ढुङ्गामुढा प्रहार, हुलदङ्गा तथा अन्य उग्र गतिविधि हुन थालेपछि जिल्लाको शान्ति–सुरक्षा व्यवस्थामा खलल पुग्ने देखिएको प्रशासनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गर्नु भएको हो ।

पेट्रोल छर्केर आगो लगाई सुशीलाको हत्या, सासू र नन्द पक्राउ

उहाँका अनुसार २०८२ पुस १० गते राति ८:३० बजेदेखि पुस ११ गते शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।

कर्फ्यु अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन, सभा–जुलुस नगर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

शान्ति सुरक्षाको अवस्था सामान्य बनाउन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घटनाको अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको र दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रशासनको प्रतिबद्धता रहेको छ ।

Author

Related News