ललितपुर । काठमाडौं, ललितपुर, भक्तपुर र कास्कीलगायतका जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सूचना प्रकाशित गरी जनाएका छन् ।
जेनजी पुस्ताको प्रदर्शनसँगै सुरु भएको हिंसा लुटपाट तोडफोड आगजनीलगायतका घटना भएको भन्दै प्रशासनहरूले लगाएका कर्फ्यु र निषेधाज्ञा हटाइएको हो ।