मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

वाम एकताका लागि नेकपा एसले गठन गर्‍यो वार्ता टोली

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विचार मिल्ने वाम दलसँग एकता गर्न वरिष्ठ नेता डा. बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालद्वारा २०८२ असोज १० गते जारी अपानिमा वार्ता टोली गठन गरेको उल्लेख छ ।

अपानिमा भनिएको छ-‘वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्नको लागि वरिष्ठ नेता क. डा. बेदुराम भुसालको संयोजकत्वमा वरिष्ठ नेता कमरेड प्रमेश हमाल र उपाध्यक्ष कमरेड प्रकाश ज्वाला सदस्य रहनु भएको वार्ता टोली गठन गरिएको छ ।’

वामपन्थी दलबीच पार्टी एकताको प्रक्रिया सुरु

विप्लव नेतृत्वको नेकपाले पनि पार्टी एकताको प्रक्रिया अघि बढाउने निर्णय गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

समितिमा स्थायी समिति सदस्य अनिल शर्मा र कर्णजित बुढाथोकी रहनु भएको नेकपाले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)

Author

Related News