मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नेकपा एमालेद्वारा पोखरामा मोटरसाइकल र्‍याली

पोखरा । संविधानको रक्षा र लोकतन्त्रको जर्गेनाका लागि नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले २०८२ कात्तिक १५ गते पोखरामा “शान्ति र सद्भावका लागि बृहत मोटरसाइकल र्‍याली” सम्पन्न गरेको छ ।

भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि देशका विभिन्न स्थानमा सञ्चालन भएका यस्तै र्‍यालीहरूको निरन्तरता स्वरूप कास्कीमा पनि यो कार्यक्रम आयोजना गरिएको नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी (क्षेत्री) ले जानकारी दिनु भयो ।

अध्यक्ष अधिकारीका अनुसार संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताविरुद्ध तथा जेन्जी प्रदर्शनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाविरुद्ध आवाज उठाउन र्‍याली आयोजना गरिएको हो ।

कार्यक्रमपछि पोखरा महानगरपालिका-७ सहिदचोकमा आयोजित कोणसभालाई नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् युवा सङ्घ नेपालका पूर्व अध्यक्ष महेश बस्नेत र स्थायी कमिटी सदस्य खगराज अधिकारीले सम्बोधन गर्नु भयो ।

र्‍याली पोखरा सभागृहबाट सुरु भई न्युरोड, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, मुस्ताङचोक, राष्ट्र बैंकचोक, सहिदचोक, लेकसाइडको हल्लनचोक, जिरो किमी, सिर्जनाचोक हुँदै पुनः सभागृहमै पुगेर समापन गरिएको थियो ।

र्‍यालीमा नेकपा (एमाले) का जिल्ला नेताहरूसँगै युवा सङ्घ नेपाल, अनेरास्ववियु र अखिल नेपाल महिला सङ्घका कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Author

Related News