हेटौँडा । चितवनमा एक दम्पतीले भिरबाट हाम फाल्दा श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको भिरबाट खस्दा २०८२ असार १० गते घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घरायसी विवादपछि कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेको जनाइएको छ ।
कुमारीका श्रीमान् लीलाबहादुर प्रजाले पनि कुमारीपछि त्यसै ठाउँबाट हाम फालेका र लडेर घाइते भएको प्रहरीले जनायो । घाइते प्रजाको उपचार भरतपुर अस्पतालमा भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।