मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सामान्य कुरामा ध्यान नदिँदा सहकारी सङ्कटग्रस्तः महानिर्देशक पौडेल 

मधु पन्थी, पोखरा।

शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश, पोखराका महानिर्देशक घनश्याम पौडेलले सामान्य कुरामा ध्यान नदिँदा सहकारी सङ्कटग्रस्त अवस्थामा पुगेको बताउनु भयो ।

सामाजिक विकास कार्यालय, कास्कीको आयोजनामा महिलाद्वारा सञ्चालित सहकारी संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई २०८२ असार ११ गतेदेखि पोखरामा सुरू भएको क्षमता विकास तालिममा उहाँले यो कुरा बताउनु भएको हो ।

समस्याग्रस्त अवस्थामा पुगिसकेपछि सुधार गर्न र त्यस्ता समस्या अउन नदिनका लागि सञ्चालकहरूले सहकारी स्थापनाको उद्देश्य र यसको सिद्धान्त अनुरूप काम गर्नुपर्नेमा उहाँले जोड दिनु भयो। 

सामाजिक विकास कार्यलय, कास्कीका प्रमुख राजेन्द्रप्रसाद पौडेलले सहकारी संस्थाहरू सङ्कटग्रस्त अवस्थामा पुग्ने र सहकारी सञ्चालकहरूले रकम अपचलन गरेको घटनाहरू बढ्दै गएको सन्दर्भमा सहकारी सञ्चालक समितिको काम कर्तव्य र अधिकार, ऋण लगानी असुली व्यवस्था, सहकारी सम्बन्धी कानुनी व्यवस्थाका विषयबारे अभिमुखिकरण गराउनका लागि प्रशिक्षण आयोजना गरिएको बताउनु भयो ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका शाखा अधिकृत चोलाकान्त  वाग्ले र प्रवक्ता ईश्वरी ढकालले सहकारीमा देखिएका समस्या तथा समाधानका उपाय, ऋण लगानी असुली सम्बन्धी कानुनी व्यवस्थाका विषयबारे सहजीकरण गर्नु हुने छ ।

तालिममा २० ओटा सहकारीका ४० जना कर्मचारी तथा पदाधिकारीहरू सहभागी रहेको  कार्यालय प्रमुख पौडेलले बताउनु भयो ।

तालिममा रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकले सहकारी संस्थाहरूको स्तरीकरणका लागी कर्जा जोखिम गणना, कर्जा सुरक्षण व्यवस्था,  बचत र व्याजको व्यवस्थापन एवम् ऐन नियमको पालना गर्नु सहकारीको प्रमुख दायित्व रहेको बताउनु भयो ।

Author

Related News