मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

सङ्खुमा १० शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न

ललितपुर ।कोञ्ज्योसोम गाउँपालिकाको सङ्खुमा १० शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ। करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको यस अस्पतालले कोञ्ज्योसोमसँगै महाँकाल गाउँपालिकाको बुखेल र मानिखेल, वाग्मती गाउँपालिकाको इकुडोल र भट्टेडाँडा क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ।

सङ्घीय, प्रदेश तथा स्थानीय गरी तीन ओटै तहको सरकारको साझेदारीमा निर्माण सम्पन्न भएको अस्पताल २०७८ साल चैत्र १४ गते शिलान्यास गरी सुरु गरिएको थियो

अस्पताल निर्माणका लागि ३ रोपनी निजी जग्गा विष्णुमाया बोम्जनले दान गर्नु भएको थियो भने गाउँपालिकाको लागत र स्थानीयको सहयोगमा थप ३ रोपनी जग्गा खरिद गरिएको थियो। कुल ६ रोपनी क्षेत्रफलमा निर्माण सम्पन्न यो अस्पताललाई गाउँपालिकाको गौरवको परियोजनाका रुपमा लिइएको छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपाल दुलालका अनुसार अस्पताललाई दक्ष जनशक्ति र सेवा सुविधासहित प्रभावकारी रुपमा सञ्चालन गर्न सबै प्रशासनिक पहलहरू गरिनेछन् ।

Author

Share the News

Recent News

Related News