मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

संविधान संशोधन निर्वाचनबाट मात्र सम्भव : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन निर्वाचनमार्फत मात्र सम्भव हुने बताउनुभएको छ ।

सिंहदरबारबाट २०८२ असोज ९ गते साँझ राष्ट्रका नाममा गरिएको सम्बोधनमा उहाँले आन्दोलनका क्रममा उठाइएका कतिपय विषयहरू सरकारको अधिकारक्षेत्रभन्दा बाहिर रहेको भन्दै संवैधानिक मार्गबाट अघि बढ्नुपर्नेमा जोड दिनु भएको हो ।

यससँगै प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहभागी भएर जनताले दिन सक्ने निर्णयलाई नै संविधान संशोधनको आधार बनाउनुपर्नेमा सबैलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सहभागी युवाहरूको मुख्य माग भ्रष्टाचार नियन्त्रण र सुशासन रहेको बताउँदै सरकार त्यसप्रति जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको भर्त्सना गर्दै दोषीमाथि कानुनी कारबाही गर्ने आश्वासन दिनु भयो ।

सिंहदरबारबाट भएको यो सम्बोधन उहाँको सरकार गठनपछि पहिलो पटकको राष्ट्रका नाममा गरिएको सम्बोधन हो ।

सम्बोधनको पूर्णपाठ

Author

Related News