मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

युद्ध प्रभावित मुलुकका नेपालीको सुरक्षामा ध्यान दिन आयोगको आग्रह

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले इजरायल अमेरिकी आक्रमणका कारण मध्यपूर्वका मुलुकहरूमा देखिएको अवस्था र नेपाली नागरिकहरूलाई पारेको प्रभावबारे गम्भीर ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै युद्ध प्रभावित मुलुकमा रहेका नेपालीको सुरक्षा र उद्धारमा ध्यान दिन आग्रह समेत गरेको छ ।

‘युद्धका कारण नेपालीहरूमा पर्न जाने असुविधाप्रति आयोग गम्भीर चासो र चिन्ता प्रकट गर्दछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राज्य नागरिकको अविभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्ने विषय आयोगले स्मरण गराएको छ ।

Author

Related News