मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनावी घोषणापत्र सार्वजनिक गर्न र निर्वाचन आयोगमा पेस निर्देशन दिएको छ ।

आयोगको २०८२ माघ २६ गते बसेको बैठकले घोषणापत्र पेस गर्न निर्देशन जारी गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २१ फागुनमा निर्वाचनमा भाग लिने दलहरूले निर्वाचन आयोगमा चुनावी घोषणापत्र पेस गर्नुपर्ने छ । यसका लागि आयोगले आगामी फागुन ३ गतेसम्मको समय दिएको छ ।

‘निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम सम्वत् २०८२ साल फागुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनितिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’-आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Author

Related News