ललितपुर । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त भएको सातदोबाटो प्रहरी वृत्तलाई कान्तिपुर कोलोनीका स्थानीयले सहयोग हस्तान्तरण गरेका छन् ।
ललितपुर महानगरपालिका वडा नं १४ नखिपोटको हाम्रो कान्तिपुर टोल विकास संस्थाले २०८२ भदौ ३१ गते वृत्तलाई कम्प्युटर, प्रिन्टरका साथै फर्निचर सामग्री सहयोग हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष जितेन्द्रबहादुर भण्डारीले प्रहरी नायब उपरिक्षक रामकुमार यादवलाई सहयोग हस्तान्तरण गर्दै अफ्ठेरो अवस्थामा प्रहरी र स्थानीय समुदायको समन्वय आवश्यक हुने बताउनु भएको छ ।
सङ्कटको बेलामा नागरिकलाई हरेक समय साथ दिने प्रहरीमाथिको आक्रमणको निन्दा गर्दै सकेको सहयोग र समन्वय गर्नु सबैको कर्तव्य भएको पनि अध्यक्ष भण्डारीले बताउनु भएको छ ।
बर्दीविनाका प्रहरीको रुपमा रहने नागरिकको समन्वय र सहयोगमा प्रहरीहरुको मनोवल बढ्ने बताउँदै प्रहरी नायब उपरिक्षक यादवले नागरिक सहयोग र साझेदारीको भावनात्मक पक्ष बलियो हुने बताउनु भएको छ ।