पोखरा। पोखरा महानगरपालिकाका निमत प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यमार्फत पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२ / ८३ को नीति तथा कार्यक्रममा समेटने गरी नागरिक मञ्च गण्डकी पोखराका संयोजक बिष्णुप्रसाद बरालले १६ बुँदाको सुझाव पत्र २०८२ असार ४ गते बुझाउनु भएको छ।
पोखरा महानगरलाई कसरी सवल र सक्षम बनाउन सकिन्छ ?, नेपालकै दोस्रो ठूलो महानगर त्यसमा पनि पर्यटकीय नगर कस्तो र कसरी बनाउने ? भन्ने विषयमा केन्द्रीत भएर सुझाव बुझाइएको संयोजक बरालले बताउनु भयो ।
महानगरले आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयारी गरिरहेका बेला नागरिक समाजका तर्फबाट सुझाव आउनु सकारात्मक भएको र नागरिक समाजको सहकार्य महत्त्वपूर्ण रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनु भयो।
सुझावहरू मध्ये पोखराको मुख्य मुख्य स्थानमा आधुनिक शौचालय निर्माण, सामाजिक उतरदायित्य अन्तरगतको रकम एकद्वार प्रणालीमार्फत महानगरको बास्केटमा सङ्कलन गरी परिचालन गरिनु पर्नेमा जोड दिएको मानवअधिकार एलायन्स कास्कीका अध्यक्ष मधु पन्थीले बताउनु भयो ।