मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

मुख्यमन्त्री पाण्डे स्वदेश फिर्ता, चीनसँग कोरला नाका सञ्चालनबारे सकारात्मक छलफल

पोखरा। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन भ्रमण सकेर साउन १२ गते स्वदेश फर्कनु भएको छ ।

भ्रमणका क्रममा उहाँले कोरला नाकालाई नियमित सञ्चालन गर्ने प्रस्ताव राखुनु भएकोमा तिब्बत सरकारले सकारात्मक प्रतिक्रिया दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि सीपीसीका महासचिव वाङ झोङजुनसँगको भेटमा दुई देशबिचको व्यापार र पर्यटन प्रवर्धनका लागि कोरला नाका सञ्चालन, तिब्बतको नाका हुँदै मानसरोवर यात्रा सहजीकरण, र चीनका सहरबाट पोखरासम्म सीधा उडान थप्ने आग्रह गर्नु भएको थियो ।

साथै, उहाँले गण्डकी र तिब्बतबीच लगानी प्रवर्धन, चिनियाँ लगानीकर्तालाई कर छुटमा सहजीकरण, तथा पोखराबाट ल्हासा जाने पर्यटकका लागि भिसा र प्रवेश पासमा सहज सुविधा उपलब्ध गराउने प्रस्ताव पनि गर्नु भएको छ ।

जबाफमा महासचिव वाङले कोरला नाका व्यवस्थित गर्ने गण्डकी सरकारको प्रयासबारे आफू जानकार रहेको र पर्यटन, कृषि तथा उद्योग क्षेत्रमा सहकार्य गर्न तिब्बत सरकार सकारात्मक रहेको बताउनु भयो ।

उहाँले २०२३ नोभेम्बरमा गण्डकी प्रदेश भ्रमणको स्मरण गर्दै दुवै पक्षबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन निरन्तरतामा जोड दिनु भयो ।

भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले सीपीसीका लिन्जी नगर समितिका पार्टी सचिव आओ लिउक्वान र मेयर बातासँग पनि भेटवार्ता गर्नु भएको थियो ।

भेटमा पोखरा र लिन्जी सहरबीच पर्यटन, खेलकुद र व्यापार विस्तारबारे द्विपक्षीय छलफल भएको थियो।

मुख्यमन्त्रीको सचिवालयका प्रेस संयोजक नरहरि सापकोटाले भ्रमण उपलब्धिमूलक रहेको र यसलाई दुवै पक्षले निरन्तरता दिने समझदारी बनेको बताए।

Author

Related News