मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

मुख्यमन्त्री पाण्डेद्वारा रक्षाबन्धनको शुभकामना 

पोखरा । जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २०८२ साउन २४ गते शुभकामना सन्देश दिनुभएको ।

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाईने जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अवसरमा सबै नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको ह‍ो  ।

जनै पूर्णिमाको अवसरमा तगाधारी समुदायले पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने परम्परा छ ।

श्रावण शुक्ल पूर्णिमाकै दिन तराईमा दिदीबहिनीले दाजुभाईको नाडीमा दीर्घायु र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी बाँधेर यो पर्व मनाउने गर्छन ।

नेवार समुदायले यो दिनलाई ‘गुपुन्हि’ का रुपमा मनाउने परम्परा छ । विविध धर्म संस्कृतिको धनी हाम्रो मुलुक धार्मिक सहिष्णुताको अनुकरणीय नमूना हो ।

यस पवित्र पर्वले धार्मिक आस्था, पारिवारिक सम्बन्धको सुदृढीकरण र सामाजिक एकताको सन्देश दिएको छ ।

जनै पूर्णिमालाई वैदिक परम्परा अनुसार यज्ञोपवित धारणा, दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्धको पुनः पुष्टि तथा सभ्यताको प्रतीकको रूपमा मनाइन्छ ।

भौगोलिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो यस गण्डकी प्रदेश धार्मिक सहिष्णुताको नमुना हो ।

यस पर्वले हामीबीचको सद्‌भावलाई बढाउँदै सामाजिक एकतालाई अझै बलियो बनाउन मद्दत पुग्नेछ उल्लेख छ ।

पर्व र संस्कृतिले समुदायबीच आपसी सद्धभाव कायम राख्दै सांस्कृतिक, आर्थिक र सामाजिक रूपमा एकीकृत र मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा सहित पुन एक पटक जनैपूर्णिमाको प्रदेशबासी सबैमा प्रेस नोटमार्फत शुभकामना व्यक्त गर्नु भएको प्रेस सल्लाहकार नरहरी सापकोटाले जानकारी दिनु भयो ।

Author

Share the News

Recent News

Related News